• शुक्रबार-असोज-४-२०८१

ए हजुर ! सडक विभाग र महानगरपालिका सडकपेटीकाे भ्वाङ टाल्न मिल्दैन हाे ?

ललितपुर,४ असोज। ललितपुरको धोबीघाटमा एक  हप्तादेखि खसेको सडक पेटीको  स्ल्याब मर्मत नहुँदा पैदल यात्रुको ज्यान जोखिममा परेका छन् ।

 

ललितपुर महानगरपालिकाको वडा नम्बर तीन नयाँबाटोस्थित सडकपेटीमा टुक्रिएर खसेको स्ल्याब मर्मत नगरिदा बटुवाहरुले सास्ती खेप्नुपरेको हो ।

 

स्ल्याब टुक्रिएरको एक हप्तामा पनि मर्मत नहुँदा ठाडो ढुंगा हुँदै पैदल आवतजावत गर्ने विद्यार्थी र बसमा चढ्ने ओर्लिने यात्रुले कतिखेर खुट्टा गुमाउने हुन् पत्तो छैन ।

 

  बीच सडकपेटीमा स्ल्याब खसेर भ्वाङ पर्दा पनि  सडक विभाग ललितपुर महानगरपालिकाको ध्यान अझै जान सकेको छैन । पैदल यात्रु(बटुवा)ले  ललितपुर महानगरपालिका र सडक विभागलाई अवलोकन गरी तत्काल मर्मत गरिदिन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस