• बुधबार-असोज-२३-२०८१

राति ज्वानो खाएर सुत्नुका फाइदा जानौं

 

ज्वानोको सेवन गर्नाले शरीरमा कयौं पाचन तथा पेटसँग सम्बन्धित समस्याबाट राहत पाउन सकिन्छ । रातको समयमा खाना खाएर सुत्नुपूर्व ज्वानो खाने गर्दा शरीरका लागि फाइदायुक्त हुन्छ । ज्वानोले रक्तचाप र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्दछ । यसमा एन्टी–ब्याक्टेरियल तथा एन्टीफंगल गुण हुने गर्दछ, जसले विषाणुबाट बचाउन मद्दत गर्दछ । रातिको समयमा ज्वानो खानाले पाचन पनि सुधार हुन जान्छ । 


–ज्वानो पाउडरको सेवनले पाचनमा सुधार आउँछ । रातिको समयमा मनतातो पानीमा आधा चम्चा ज्वानोको पाउडर मिलाएर खान सकिन्छ । 


–ज्वानोको पानी सुत्नुपूर्व खानु उपयुक्त हुन्छ । ज्वानो र गुँड मिलाएर खानु अझ उपयुक्त मानिन्छ । गुणमा ज्वानो पकाएर राति सुत्ने बेलामा खान सकिन्छ । 


–ज्वानोलाई सिधै चपाएर पनि खान सकिन्छ । चपाएर खाने र त्यसपछि मनतातो पानी पिउन सकिन्छ । 


–ज्वानो शरीरलाई आवश्यकता भन्दा बढी खानु पनि हुँदैन । दैनिक एक चम्चा ज्वानो खानु फाइदाजनक नै मानिन्छ ।

प्रतिकृया दिनुहोस