• बिहीबार-असोज-३-२०८१

विश्वकप लिग दुई : नेपालले टस हा-यो, पहिला ब्याटिङ गर्दै


काठमाडौँ, २ असोजः आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले टस हारेसँगै पहिला ब्याटिङ गर्ने निम्तो पाएको छ । 

 

क्यानाडाको किङ सिटीमा भर्खरै भएको टसमा ओमानका कप्तान अकिब इलियासले टस जितेर पहिला फिल्डिङ रोजेसँगै नपाललाई ब्याटिङको निम्तो दिएका हुन् । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । 


नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, सन्दीप लामिछाने, ललित राजवंशी, आसिफ शेख, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, सोमपाल कामी, गुलशन झा र करण केसी छन् । 

 

त्यसैगरी ओमानको प्लेइङ ११ मा कप्तान अकिब इलियाससँगै जतिन्दर सिंह, कश्याप प्रजापति, प्रतिक अथभले, खालिद कैल, आयन खान, शोएब खान, फैज बट, जय ओडेरा र कलिमुल्लाह छन् । 


यस त्रिकोणात्मक सिरिजमा नेपाल, ओमान र आयोजक क्यानडाको सहभागिता रहेको छ । एकदिवसीय त्रिकोणात्मक शृङ्खला यही असोज १० गतेसम्म चल्नेछ । 
---

 

 

प्रतिकृया दिनुहोस