• शुक्रबार-असोज-४-२०८१

बंगलादेशविरुद्धको टेस्टमा आर आश्विनको शतक

 

काठमाडौँ । भारतीय स्पिन बल आर आश्विनले बंगलादेशविरुद्धको टेस्ट क्रिकेटमा शतक प्रहार गरेका छन् ।

 

भारत टूरमा आएको बंगलादेशसँग आजदेखि सुरु भएको पहिलो टेस्टको पहिलो दिन भारतले ६ विकेट गुमाएर ३३९ रन बनाएको छ । पहिलो दिनको खेल सकिँदा आश्विनले १०२ रन बनाएर खेलिरहेका छन् । आश्विनको टेस्ट क्रिकेटमा यो छैटौं शतक हो ।

 

केवल ३४ रन बनाएर ३ विकेट गुमाएको भारतले १४४ रन बनाउँदा ६ विकेट गुमाएको थियो । त्यसपछि आश्विन र रविन्द्र जडेजाले सातौं विकेटका लागि १९५ रनको साझेदारी गरेर खेलिरहेका छन् । जडेजाले अविजित ८६ रन बनाएर अविजित छन् । भारतका लागि यशस्वी जैसवालले ५६ रन बनाएका थिए भने ऋषव पन्तले ३९ रन बनाएका थिए ।

 

त्यसैगरी बंगलादेशका बलर हसन महमुदले ४ विकेट लिए भने नहिद राना र मेहिदी हसन मिराजले एक-एक विकेट लिएका थिए ।
  

  

प्रतिकृया दिनुहोस