• बुधबार-असोज-२-२०८१

सुष्मा कोइराला अस्पतालले आगोले पो लेका बालबालिकालाई निःशुल्क उपचार गर्ने


काठमाडौँ, २७ भदौ : काठमाडौँको साँखुमा सञ्चालित सुष्मा कोइराला मेमोरियल अस्पतालले  आगोले पोलेको तथा जलनमा परेका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ ।

 

काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखुमा विसं २०५४ देखि सञ्चालित सो अस्पतालले आगोले पोलेको तथा जलनमा परेका १८ वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क उपचार गर्न लागेको हो ।

      
अस्पतालका मेडिकल डाइरेक्टर डा सन्तोष भण्डारीले देशभरका आगोले पोलेको तथा जलनमा परेका १८ वर्षभन्दा मुनिका बालबालिकालाइ अस्पतालले निःशुल्क उपचार गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले वार्षिक चार सयभन्दा बढी आगोले पोलेका तथा जलनका बिरामीको उपचार गर्दै आएको छ ।

      
अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माका अनुसार आगोले पोलेका एक सयभन्दा बढी बालबालिका वार्षिक सुष्मा कोइराला मेमोरियल अस्पताल आउने गरेका छन् । यो अस्पताल नेपालकै पहिलो  जलनसम्बन्धी उपचार गर्ने अस्पताल हो । अस्पतालले जलनको उपचारका साथै जलन रोकथामसम्बन्धी विभिन्न तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  
---

 

 

प्रतिकृया दिनुहोस