• मंगलबार-असोज-१-२०८१

चलचित्र क्षेत्रको  सामाजिक सु रक्षा को षको कुरा अगाडि बढाएको छु : अध्यक्ष डीसी

 

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्र क्षेत्रको  सामाजिक सुरक्षा कोषको व्यस्थाबारे कुरा अगाडि बढाएको बताएका छन् । 

 

बुधबार नेपाल चलचित्र कलाकार संघको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा कोष ,आफै सदस्य नवीकरण गर्ने, स्वास्थ्य बीमाको कुरा अगाडि बढाउनुको साथै संस्थाको आर्थिक अवस्था पनि सुधार गर्ने गरि काम अगाडि बढाएको बताएका हुन् । 

उनले भने,‘ मैले केही कुराहरु अगाडि बढाएको छु । त्यसमा सामाजिक सुरक्षा कोषको कुरा अगाडि बढाएको छु । त्यसपछि आफै सदस्य नवीकरण गर्ने, स्वास्थ्य बीमाको कुरा छ । यसबारे पनि काम गर्नेछु । यो संस्थाको आर्थिक अवस्था पनि सुधार गर्ने गरी काम गर्नेछु । यो कुरा कुर्सीमा भएको भएर मात्र भनेको होइन् ।’ उनले चलचित्रका स्टेक होल्डरहरु चलचित्रको खम्बा रहेको भन्दै संघका सबै सदस्यहरुरुले आफ्नो सोच उज्यालो नबनाएसम्म चलचित्र उद्योगको राम्रो विकास हुन नसक्ने बताए । 


उनले भने,‘चलचित्रका स्टेक होल्डरहरु जुन छन् । उनीहरु चलचित्रका पिल्लरहरु हुन् । चलचित्र विकास बोर्ड जहिले पनि ९ वटा पिल्लरमा उभिएको छ । यो कुर्सिमा बस्दा सरकारले नियुक्त गरेको भएपनि ९ वटा पिल्लरबाट आएका मानिस भएको हुनाले उनीहरुले आफ्नो सोच उज्यालो नबनाएसम्म चलचित्र उद्योगको राम्रो विकास हुँदैन् । सरकारलाई हाम्रो कुरा मनाउनको लागि यो कुर्सीमा बस्ने एकजनाले मात्र सक्दैन् । स्टेक होल्डरहरुका सबै समस्या समाधान प्रयासहरु गर्छु ।’

अध्यक्ष डीसीले अब स्वदेशी चलचित्रकर्मीहरु आफैमा रजिस्टर हुने व्यवस्था गर्नका साथै उनीहरुको मृत्यु भएको अवस्थामा एउटा निश्चित रकम चलचित्र विकास बोर्डबाट सिधैँ त्यही ठाँउमा जाने व्यवस्था दशैँपछि सुरु गर्ने जानकारी गराए । 

 

उनले भने,‘स्वदेशी चलचित्रकर्मीहरु आफैमा रजिस्टर हुने छन्, सबैको डाटाहरु लिने छ र उनीहरुको मृत्यु भएको अवस्थामा एउटा निश्चित रकम चलचित्र विकास बोर्डबाट सिधै त्यही ठाँउमा जाने र ६ वटा फोन गर्नुपर्ने, यताउता गर्नुपर्ने अवस्थामा पु¥याउने छु । यो काम दशैँपछि सुरु गर्ने छौ ।’
 

 

प्रतिकृया दिनुहोस