• मंगलबार-असोज-१-२०८१

पवित्र शहरः तानसेनमा नेवाःको आगमन र बसोबास : धार्मिक, सांस्कृतिक, व्यवसायिक पक्षः केही विवेचना (१)

 

‘अन्तमा, हामी सबै कथा बन्नेछौं’–मार्गरेट एटवुड, ‘नैतिक विकार र अन्य कथाहरू पुस्तकमा लेख्छन् । केही कथाहरू बारम्बार भनिनेछन् । कोही सधैंभरि बाँच्छन् । त्यहाँ नायक र खलनायक हुनेछन् । कतिपय कथाहरू बिर्सिनेछन् । कतिपय लिखित रूपमा वर्षौंपछि सम्झिनेछन् ।

 

(नेवारी भवन, तानसेन (पाल्पा)
इतिहास र इतिहास लेख्ने दुई भिन्न कुरा हुन् कालिदासले नलेखेको भए विक्रमादित्य कहाँ हुन्थ्ये, बाल्मिकीले रामायण नलेखेका भए राम कहाँ हुन्थ्ये । त्यसैले भनिन्छ हजारौ इतिहास हुन्छ तर इतिहासकार केवल एक प्रतिशत भन्दा कम हुन्छ ।  र, भनिन्छ, इतिहास थाहा भएन भने त्यो वयस्क होइन अन्जान बालक हो । 


त्यसैगरि आफ्नो बंशको बसाई सराई  पनि फरक र अत्यत्न महत्वपूर्ण संवेदनशील ऐतिहासिक कुरा हुन् । यसै पृष्ठभूमिमा, यसको गाम्भीर्यतालाई विचार गरि यो केही सीमित भए पनि सार्बजनिक भैसकेका विषयलाई पुनरारावलोकन गरि एकै ठाउँमा राख्ने  प्रयास गर्ने जमर्को गरिएको छ ।


तानसेन नगरपालिका पाल्पा जिल्लामा स्थित एक प्रमुख नगरपालिका हो । यसको स्थापना वि. सं.  २००७ मा गरिएको थियो र वर्तमानमा यसमा १४ वडा कायम छन् । तानसेन नगरपालिका पाल्पाको ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको छ । यहाँ स्थित सुन्दर श्रीनगरडाँडा १३७२ मिटरको उचाईमा रहेको छ । पाल्पाको तानसेनमा अवस्थित शीतल पाटी एउटा क्षेत्र हो परम्परागत नेवारी वास्तुकलाका लागि प्रख्यात छ ।    


पाल्पाको सदरमुकाम तानसेन काठमाडौँ र ललितपुरपछिको तेस्रो तथा पहाडी जिल्लाका नगरपालिकामा पहिलो नगरपालिका हो । २००७ सालमा तानसेन नगरपालिका भएको थियो । यो नगरपालिकाको उत्तरतर्फ कालीगण्डकी करिडोर र दक्षिणतर्फ सिद्धार्थ राजमार्ग रहेको छ । धरातलको हिसाबले पाल्पालाई महाभारत शृङ्खला, भित्री मधेश, चुरे पर्वतमाला र बाहिरी मधेश गरी चार क्षेत्रमा विभाजन गर्न सकिन्छ । ज्यादै सुन्दर भूपरिदृश्यका रूपमा रहेको तानसेन शहरलाई ‘पहाडकी रानी’ भनेर पनि चिनिन्छ ।


श्रीनगर पहाडको फेदीमा रहेको तानसेन ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा जति  महत्त्वपूर्ण र विविधतापूर्ण छ, भौगोलिक दृष्टिकोणले पनि उत्तिकै आकर्षकस्थलका रूपमा परिचित छ । पुरानो नेवार बस्ती, मठमन्दिर, व्यापार, परम्परागत धातुकला शिल्प र ढाका टोपीका लागि यो जिल्ला प्रसिद्ध छ । काठमाडौँ उपत्यका बाहिरका महत्त्वपूर्ण सम्पदा बस्तीहरूमध्ये तानसेन पनि एक हो ।


तानसेन बस्तीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वले गर्दा सन् २००८ जनवरी ३० मा यसलाई युनेस्कोले सम्भावित विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ ।


नेपालमा नेवारहरू सन् २०२१ को नेपालको जनगणना अनुसार १३,४१ ३६३  मानिसहरू कुल जनसंख्याको ४.६ प्रतिशत रहने  गरेको अनुसार नेपालको ८औं ठूलो जातीय समूह हो ।  नेपालको १९५२–५४  को जनगणनाले देशमा नेवारहरूको कुल जनसंख्या ३.८३  लाख भनेको थियो, जसमध्ये २.२६  लाख काठमाडौं उपत्यकामा बसोबास गर्दछन् । यसरी उनीहरूले काठमाडौं उपत्यकाको जनसंख्याको ५५ प्रतिशत ओगटेका छन् । यो अझै पनि सांस्कृतिक गतिविधिको केन्द्र हो । यो तिनीहरूको मातृभूमि हो जसमा तिनीहरूको सबैभन्दा ठूलो भावनात्मक लगाव छ ।


सर्सरी हेर्दा, नेवाः भन्ने शब्दले नेपालको एउटा भाषिक समुदायलाई जनाउँदछ । नेवाःहरूको मूलथलो काठमाडौँ उपत्यका नै हो भन्नुमा कुनै अत्युक्ति नहोला ।  नेवाः कुनै जात वा जाति वा जनजाति वा नश्ल वा धर्म विशेष होईन ।


नेवाः एउटा भाषिक समुदाय पनि हो, नेपाल–वासी (अहिलेको काठमाडौँ उपत्यका) को साझा संस्कृति  हो । नेवाः भित्र कयौँ मूल–जातिहरू छन्  उदाहरणको लागि किराँती, लिच्छवी र केही मल्लकालमा भित्रिएको समाज मैथिली, तिब्बती आदि ।


नेवार वा नेपामी, नेपालमा काठमाडौं उपत्यका र यसको वरपरका क्षेत्रका ऐतिहासिक बासिन्दा र यसको ऐतिहासिक सम्पदा र सभ्यताका निर्माताहरू हुन् । नेवारहरू मुख्यतया “इन्डो–आर्यन” र “तिब्बती–बर्मन” जातिहरूको भाषिक र सांस्कृतिक समुदायको रूपमा हिन्दू धर्म र बौद्ध धर्मलाई पछ्याएर नेपालभाषालाई उनीहरूको साझा भाषाको रूपमा बनाउँछन् ।


सरसरी इतिहासलाई हेर्दा, नेवारहरूले श्रम विभाजन र हिमालयको फेदमा कतै नदेखिएको परिष्कृत शहरी सभ्यताको विकास गरेकको विगत छ । नेवारहरूले आफ्नो पुरानो परम्परा र प्रचलनलाई निरन्तरता दिँदै नेपालको धर्म, संस्कृति र सभ्यताको सच्चा संरक्षकको रूपमा आफूलाई गर्व गर्छन् । नेवारहरू संस्कृति, कला र साहित्य, व्यापार, कृषि र खानामा आफ्नो योगदानका लागि परिचित छन् ।


“नेपाल’’, “नेवार’’, “नेपाल’’ र “नेपार’’ शब्दहरू ध्वन्यात्मक रूपमा एउटै शब्दका फरक–फरक रूपहरू हुन्, र इतिहासमा विभिन्न समयमा विभिन्न ग्रन्थहरूमा विभिन्न रूपहरू देखापर्छन् । नेपाल साहित्यिक संस्कृत रूप हो र नेवार बोलचाल प्राकृतिक रूप हो । “नेपालका बासिन्दा’’लाई जनाउने शब्द “नेवार’’ वा “नेवाः’’ पहिलो पटक काठमाडौंको १६५४ को शिलालेखमा देखा प¥यो ।


इतिहासलाई सर्सरी हेर्दा, दुई सहस्राब्दी भन्दा बढीको लागि, मध्यकालीन नेपालमा नेवा सभ्यताले शास्त्रीय उत्तर भारतीय संस्कृतिको सूक्ष्म जगतलाई जोगाएको थियो जसमा ब्राम्हण र बौद्ध तत्वहरूले समान स्थिति पाएका थिए । मध्यकालमा मैथिल ब्राम्हण पुजारीहरूलाई काठमाडौंमा निमन्त्रणा गरिएको थियो र धेरै मैथिल परिवारहरू मल्ल शासनकालमा काठमाडौंमा बसोबास गरे ।


यो स्पष्ट छ कि सन् १७६९ मा गोर्खा साम्राज्यले उपत्यकामाथि विजय हासिल नगरेसम्म कुनै पनि समयमा उपत्यकामा बस्ने सबै मानिसहरू या त नेवार थिए वा उनीहरूका पुर्खाहरू थिए । तसर्थ, नेवारको इतिहास नेपालको आधुनिक राज्यको स्थापना हुनुअघिको काठमाडौं उपत्यकाको इतिहाससँग सम्बन्धित छ भन्नु मा अत्युक्ति नहोला ।
उपत्यकामा नेवारहरूको शासन र छिमेकी इलाकाहरूमा उनीहरूको सार्वभौमिकता र प्रभाव पृथ्वी नारायण शाहद्वारा स्थापना गरिएको गोरखा राज्यले १७६९ मा काठमाडौं उपत्यकाको विजयसँगै समाप्त भयो । 


सन् १७६७ मा कीर्तिपुरको युद्धबाट सुरु भएको गोर्खा विजय हुनुअघि नेपाल मण्डलको सिमाना दक्षिणमा मकवानपुर राज्य, उत्तरमा तिब्बत, पूर्वमा किराँत राज्यसम्म फैलिएको थियो भने पश्चिममा त्रिशुली नदी जसले यसलाई गोरखा राज्यबाट अलग गरेको थियो ।  


तानसेनमा पाल्पा दरबार छ । पहिले दरबार क्षेत्रमा चहलपहल हुन्थ्यो । दरबारमा विभिन्न सरकारी कार्यालय सञ्चालन भएकाले सर्वसाधारणको भिड लाग्थ्यो । दरबार अवलोकन गर्न मुलुकका विभिन्न क्षेत्रबाट दिनहुँ सर्वसाधारण आउँथे । 


दरबार सदरमुकामको गहना बनेको थियो । अहिले दरबार क्षेत्र सुनसान छ । पुरातत्व विभागले एकतर्फी बजार भत्काएर पर्यटन भित्र्याउने र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सडक करिब सुनसान छ । आर्थिक क्रियाकलाप ७० प्रतिशतले घटेको छ भनिन्छ । (साँघु साप्ताहिक, २०८१ भदौ १०) 
 

प्रतिकृया दिनुहोस