मानिसहरुके लापरवाही र खराब खानपान तथा जंक फुडको सेवनले पेट पोल्ने र सुम्म हुने समस्या हुनसक्छ । यसले शरीरलाई हानी गर्ने काम पनि गर्दछ । त्यसैले यस समस्याबाट राहत पाउनका लागि यी घरेलु उपायहरु अवलम्बन गर्न सकिन्छ ।
– पेटको जलन भएको अवस्थामा पुदिनाको पत्ताको सेवन गर्न सकिन्छ । पुदिनाको पत्तालाई पानीमा उमालेर पिउन सकिन्छ ।
–पेटको जलन कम गर्नका लागि कागती पानी पिउन सकिन्छ । कागती पानीले कब्जियत र अपचजस्ता समस्या भगाउन मद्दत गर्दछ ।
–सौंफले पेटको जलन कम गर्न मद्दत गर्दछ । यसमा हुने औषधीय गुणले पाचन राम्रो बनाउँदछ ।
–तरबुजा पनि पेट पोल्ने समस्या कम गर्न प्रभावकारी मानिन्छ । यसले पेटलाई शीतल बनाउन मद्दत गर्दछ ।
तर, समस्या गम्भीर छ भने चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । (साँघु साप्ताहिक, २०८१ भदौ १०)
प्रतिकृया दिनुहोस