लागूऔषध कारोबारमा संलग्न युवा, ऋणमा डुबेर विदेशिनेहरू र मृत्युसँगै फर्किने बाकस -नेपालका युवाको जीवनचक्र यतिबेला राष्ट्रकै बिडम्बना बनिरहेको छ।
हेटौंडाको होटलबाट लागूऔषधसहित तीन युवा पक्राउ
२०८२ साल असार ६ गते बिहान १०:३० बजे। मकवानपुरको हेटौंडा–१० स्थित सेन्टर प्वाइन्ट होटल। एउटा सामान्य होटलको कोठा, जहाँका सिरानीमुनी लुकाईछिपाई राखिएका थिए-‘NAITRAVET’, ‘TRAMAN’, ‘NOOPHIN’, ‘PHENERGAN’ र ‘DIAZEPAM’ जस्ता लागूऔषध।
प्रहरी चौकी बसपार्क, हेटौंडाबाट खटिएको टोलीले लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा गरेको छापामा सुकलाल स्याङतान (२०), विशाल गोले (१८) र सुरेश पाण्डे (२२) पक्राउ परे। मकवानपुर र पर्साका यी तीन युवकको एउटै परिचय देखिन्छ-"भविष्यहीन वर्तमानमा अल्झिएको पुस्ता।"
होटलको कोठामा लुकेको ट्याबलेट मात्र लागूऔषध होइन।
हाम्रा नीति–निर्माताको आँखा चिम्म भएको संवेदनहीनता पनि लागूऔषध जत्तिकै खतरनाक छ।
जबसम्म नेपालले आफ्ना युवालाई रोजगारी, शिक्षा, आत्मसम्मान र भविष्य दिन सक्दैन,
तबसम्म-युवाहरू या त लागूऔषधमा होमिन्छन्, या बाकसमा फर्किन्छन्।
देशको भविष्य सुरक्षित गर्न आजै जाग्ने कि फेरि अर्को बाकसको प्रतिक्षा गर्ने ?
जिल्ला अदालतबाट लागूऔषध मुद्दामा पाँच दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ। तर, प्रश्न अनुसन्धानको मात्रै होइन, किन नेपाली युवाहरू यस्ता बाटोमा लागिरहेका छन्?
एकातिर लागूऔषध, अर्कोतिर ऋणको पासो
नेपालको ग्रामीण बस्तीदेखि शहरको मुटुमा रहेका किशोर र युवाहरू दुई दिशामा दौडिरहेका छन्-
एक, लागूऔषधको कालो दुनियाँतर्फ,
अर्को, ‘भिजिट भिसा’मा जीवनको जोखिमा बिदेसिने दौड।
घरधनीको सपना बोकेका बाबु-आमा घरघेरा धितो राख्छन्।
साहुबाट लिने ३६ प्रतिशत र बैंक र सहकारीबाट लिने १६ प्रतिशतसम्मको ब्याजदरमा ऋण लिइन्छ।
त्यही पैसाले खाडी देश, मलेसिया, या युरोपसम्म पुग्ने सपना बुन्छन् युवाहरू।
तर, थुप्रैको सपना बाकसमा चुँडिन्छ। विदेशका विमानस्थलबाट बाकस फर्किन्छ-शरीर होइन, लाशको।
‘क्यासिनो, कोठा र कोकिन’: नयाँ पुस्ताको बर्बादी
नेपालका होटलहरूमा यतिबेला दुईथरी 'बुकिङ' देखिन्छन् –
एक, पर्यटकका लागि,
अर्को, लागूऔषध कारोबार, सेक्स ट्राफिकिङ र गैरकानूनी क्रियाकलापको लागि।
हेटौंडा मात्र होइन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र काठमाडौंका धेरै होटलहरू ‘ट्रान्जिट डेन’ (जहाँ लागूऔषध कारोबार, यौन शोषण, मानव तस्करी वा आपराधिक क्रियाकलापहरू अस्थायी रूपमा गरिन्छ) बन्न थालेका छन्।
त्यही ट्रान्जिटबाट लागूऔषध भित्रिन्छ, पैसा बनाइन्छ र युवाको जिन्दगी खरानी हुन्छ।
‘देशमा केही हुँदैन’ भन्ने सोचले युवाहरू असहाय
देशमा रोजगारी छैन, अवसर छैन, पारिश्रमिक छैन – यो हरेक नेपाली युवाले सुनेको र दोहोर्याउने वाक्य हो।
सरकारले ‘स्टार्टअप’, ‘सीप कार्यक्रम’, ‘उद्यमशीलता’जस्ता शब्दावलीहरू प्रयोग त गर्छ, तर त्यो कागजमै सीमित देखिन्छ।
यही कारण,
केही युवा ‘नशा’मा भविष्यमाथि धावा बोल्छन्,
केही ‘दशैँमा आउँला आमा-बुबा ’ भन्ने सपना देखाउँदै बाकसमा फर्किन्छन्।
आवश्यकता छ-आँखा खोल्ने ‘राष्ट्रिय हस्तक्षेप’को
यो सामान्य घटनाको समाचार होइन।
यो राष्ट्रको गहिरो सामाजिक सङ्कट हो, जुन अब प्रहरीको अपरेसन मात्रले समाधान हुँदैन ।
लागूऔषध नियन्त्रणमा सरकारले सिर्जनात्मक पुनर्वास र कडा कानून कार्यान्वयन दुवैमा जोड दिनुपर्छ।
भिजिट भिसाका नाममा भइरहेको मानव तस्करजस्ता एजेन्टहरूको जालो तोड्नुपर्छ।
युवाको आत्मबल र आत्मनिर्भरता बढाउन स्थानीय तहदेखि संघीय सरकारसम्मको स्पष्ट कार्यक्रम लागू हुनुपर्छ।
अन्त्यमा...
होटलको कोठामा लुकेको ट्याबलेट मात्र लागूऔषध होइन।
हाम्रा नीति–निर्माताको आँखा चिम्म भएको संवेदनहीनता पनि लागूऔषध जत्तिकै खतरनाक छ।
जबसम्म नेपालले आफ्ना युवालाई रोजगारी, शिक्षा, आत्मसम्मान र भविष्य दिन सक्दैन,
तबसम्म-युवाहरू या त लागूऔषधमा होमिन्छन्, या बाकसमा फर्किन्छन्।
देशको भविष्य सुरक्षित गर्न आजै जाग्ने कि फेरि अर्को बाकसको प्रतिक्षा गर्ने ?
प्रतिकृया दिनुहोस