• बुधबार-कार्तिक-७-२०८१

हाँडीगाउँको मेलामा लाेकल रक्सी-जाँडको रमझमाथि करकाे भार किन ?

काठमाडौ वडा नं ५ हाँडीगाउंमा वातावरण तथा सांस्कृतिक सम्पदाहरुको संरक्षणको लागि हरेक हप्ताकाे शनिवार हाटबजार लाग्ने हुँदा सवारी साधानहरुकाे प्रवेशमा रोक लगाइएको छ ।

वातारण र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्नु सवैको जिम्मेवारी हो । तर, आवत जावत बन्द गरी बाटो भरि जाँडरक्सी खुल्ला विक्री वितरण गरिएको छ ।  यस्ताे कार्य ठिक भएन कानून विपरीत भनेर प्रश्न उठाइएकाे छ  ।


हाँडीगाउँकाे संस्कृति जांडरक्सीको बाढी लगाउनु हाे र ? स्थानीयहरू बाटो भरी बसेर लोकल जाँडरक्सी बेच्ने र खानेको भिड लागेको देखिन्छ। नगर प्रहरीले नियन्त्रण नगरी उल्टै १०० वटा भन्दा बढी स्टलहरुवाट रु ५०० का दरले कर उठाउँदै हिडेको छ र किन कर उठाएको भन्दा वडा अध्यक्ष वीरेन्द्र प्रजापति सरले भनेको भन्ने जवाफ दिने गरेकाे भुक्तभाेगीहरू बताउछन् ।

 

यसरी बाटो नै बन्दगरी  लाेकल रक्सी बेच्न दिएर  रकम संकलन गर्नु भनेको कानून विपरीत भएन र ?  यसरी गैरकानूनी रूपमा कर लगाएर रकम संकलनमा संलग्नहरुलाई सम्बन्धित निकायले छानबिन गरी कारवाही गर्न ध्यान आकर्षण गरिन्छ ।


यो कार्य नगर प्रमुख बालेन शाह र उप प्रमुख सुनिता डंगोलको निर्देशनमा भएको भनिएको छ । उनीहरुबाट पनि यस्तो कार्य तत्काल रोकेर वातावरण र सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा दिगो विकासमा जोड दिनु पर्छ नकि बालच्चाहरुलाई समेत जाँडरक्सी खान प्रोत्साहन गर्नु हाे ।


भवदीय : स्थानीय जनता

 

प्रतिकृया दिनुहोस