लेख्ने श्रमजीवी पत्रकार अस्ताउँदै : बिचौलिया फाइलवाला पत्रकार चम्किदै !
लोकप्रिय साँघु साप्ताहिकमार्फत केही पत्रकार नामधारीहरुको यथार्थ बाहिर ल्याउने कोसिस गरेका छौं । स्थान दिनुहुने अपेक्षासहति केही पक्ष खुलासा गर्न जमर्काे गरेका पनि छौं । यतिखेर केही पत्रकारहरु घोषणा भएर पनि हुन नसकेको चुनावी प्रतिस्पर्धाको दौडधुपमा लागेका छन् । कोही पत्रकारहरु पार्टीकोतर्फबाट मन्त्री भएकाहरुको चेम्बरमा पुगेर बधाई दिएर भोलिका दिनमा काम लिने दाउमा दौडधुप गर्दै आएका पनि छन् । कांग्रेसीहरु चाहिं कम्युनिष्ट पार्टीको जस्तो निगरानी र शंका पनि त्यति गर्दैनन् । भेटमा मन्त्रीज्यू, दाजु जय नेपाल भनिदिए उनीहरुलाई पुग्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा डा. आरजु राणा जस्ता बद्नाम पात्रलाई परराष्ट्र जस्तो मन्त्रालयको जिम्मेवारी दिनुले यो सरकारको भविष्य कस्तो छ भन्ने प्रष्ट पारेको छ । शशांक कोइरालाई दैनिक रुपमा साँझको व्यवस्थापन मिलाएबापत सरकारी जग्गा हड्पेर रमाउँदै आएका दीपक खड्काले मालदार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय हात पार्न सफल भएका छन् ।
रीता सिंह वैद्य (लौह पुरुष स्व.गणेशमान पुत्री) का दाजु प्रकाशमान पनि रोगले ग्रस्त छन् । त्यही भएर सभापति देउवाले टिठ मानेर उपसहित शहरी विकास जस्तो कामकाजी मन्त्रालयको जिम्मेवारीमा पु¥याएका छन् । नेपाली कांग्रेसले गुटपिच्छेका नेतालाई रिझाउने गरी मन्त्रीको भागवण्डा गरेको छ । तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्री बन्ने अवसर प्राप्त गरेका छन् ।
उमाकान्त चौधरीजस्ता करप्टेडलाई हिजोका दिनमा खानेपानी र स्वास्थ्य मन्त्री बनाएर कांग्रेसले राम्रै काम ग¥यो । अहिले चौधरी जिल्लामै पत्याइदैनन् । उनको लुटले मन्त्रालय र केयूकेएलको आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को पीडा कर्मचारीसँग बुझ्दा छर्लङ्ग हुन्छ ।
तर, कांग्रेस मनाउने सद्भावना पार्टीका अनिल झा, हिजोका रेग्मी सरकारका मन्त्री उमाकान्त झा र कांग्रेसका उमाकान्त चौधरीका मात्र होइन, तेजुलालकोसमेत विश्वासी पात्रलाई आज पत्रकारका नाममा भ्याइ नभ्याई छ । पत्रकारले समाचार लेख्छ । तर, उनैको फाइल पत्रकारले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, स्वास्थ्य मन्त्रालयका शाखा, महाशाखा र वन मन्त्रालय अन्तर्गतका बिचौलिया काममा दिनभर दौडिनेहरुले पनि आफूलाई पत्रकार भनेर दावी गर्दै हिंडेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि उनको राम्रै सम्वन्ध छ । पत्रकारले समाचार लेख्छ तर कोही अर्काले लेखेको समाचार पढेर समाचारका पात्र र प्रवृत्तिका बारेमा सोधखोज गर्छन, मिलाउनुपर्छ भन्छन् । अनेक चरित्रका पत्रकारको नाममा नेपाली समाजमा क्रियाशील छन् । नेपाली पत्रकारितामा समाचार नलेख्ने, अरुले लेखेको समाचारमा फोन गरेर पैसा झार्ने र हाकाहाकी भाग्नसक्ने दम भएका धेरै पत्रकार भनाउँदाहरु छन ।
यस्ता प्रबृत्तिका पत्रकारलाई नेपाल पत्रकार महासंघले सदस्यता नदिने र सूचना विभागले सिंहदरबार छिर्ने प्रेस पास उपलव्ध नगराउने हो भने पेशागत फट्याँई स्वत घट्ने छ । अनि मात्र पत्रकारिताको मर्यादा रहन्छ । यतिसम्मकि जो लेख्न जान्दैन, समाचार खोज्दैन, पत्रकारको पास तिनीहरुलाई छिटो चाहिन्छ । किन कि, नलेख्नेको धन्दा सिंहदरवार र अन्यत्र सरकारी निकायमा बढी हुन्छ । समाजमा कोही स्मारिका पत्रकार पनि छन् । प्रेस चौतारीलाई तिनले गर्बिलो संगठन ठान्छन् । संगठनले महासंघमा कुनै पदमा टिकट दियो भने त्यो पद भिडाएर बैंक तथा वित्तीय संघ संस्थामा असुली धन्दा चलाएर लुट मच्याउन पछि पर्दैनन् ।
अझ एसएलसीको नक्कली प्रमाणपत्र पेश गरेर सूचना विभागबाट प्रेस पास लिने गौरवशाली बहादुर त प्रेस युनियनकै छन् रे ? चुनाव यस्तैलाई बढी लाग्छ । नेता र मन्त्रीको चाकडी गर्न उनै पुग्छन् । त्रिविबाट प्राध्यापन गरेर फुर्सदको जीवन बिताएकाहरु पनि त्यस्तैलाई काँध थाप्छन् । पत्रकारका नाममा बिचौलिया बनेर भातभान्सा रमाइलो बनाउन फाइल बोक्ने र सेवा पु¥याउनेहरुले नै पत्रकार महासंघको गरिमा सिध्याएका छन् । रेस्टुराका मजदुर, ट्याक्सी ड्राइभर, जुत्ता पसलेहरुलाई पत्रकार महासंघको सदस्य बनाएर चुनाव जित्ने तत्व अझै पत्रकार महासंघमा रहेकै छन ।
जन्म दिनलाई सत्कर्ममा जोडौ भन्दै फेसबुके पत्रकारहरु चुनाव आएपछि भोट बटुल्न अनेक प्रपंच गर्छन् । आफ्नो पत्रिकामा आफ्नै विरुद्ध समाचार छापिए पनि थाहापत्तो पाउँदैनन् । ठेक्का दिएको पत्रिकामा जे प्रकाशित होस बाल मतलव ! उनीहरु नै भ्रष्ट र बद्नाम कर्मचारी, सुरक्षाकर्मी सामु पुगेर भिजिटिङ्ग कार्ड बाँडेर ठूलो पत्रकार भन्दै वास्तबिक पत्रकारको हूर्मत लिने गरेका छन् ।
प्रेस चौतारी, प्रेस संगठनबिच पहिले भएको पद बाँडफाँट कता पुग्यो ? पत्रकार नेता पनि कांग्रेस र एमालेका धोतीको फेरो समातेर पेशागत हितमा छौं भन्दा देशको गरिब पत्रकारितालाई गिज्याएको महसुस भइरहेको छ । –अक्षरको खेती गरेर खाने सचेत पत्रकार समूह, काठमाडौं (साँघु साप्ताहिक, २०८१ साउन १४)

प्रतिकृया दिनुहोस