• आइतबार-भदौ-२३-२०८१

इजरायली सेनाद्वारा गाजास्थित विद्यालयमा आ क्रमण, कम्तीमा ३० जनाको मृ त्यु

 

 

काठमाडौँ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ ।

 

विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिएका विद्यालयमा आक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले मध्य गाजाको देइर अल-बालाहको पश्चिममा रहेको एउटा भवनमा रहेको हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको बताएको छ ।

 

यसअघि इजरायली सेनाले आतंकवादी गतिविधि र रकेट आक्रमणलाई ध्यानमा राख्दै दक्षिणी सहर खान युनिस वरपरको खाली ठाउँको सीमा समायोजन गर्नुपर्ने चेतावनी दिएको थियो । 

 

इजरायली रक्षा बलले गत हप्ता यस्तै आदेश जारी गरेको थियो जस अन्तर्गत आवासीय क्षेत्रको सीमा परिवर्तन गरिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस