• मंगलबार-असोज-१-२०८१

जाजरकोट : पहिरो खस्दा वडासदस्यसहित दुईजना पुरिए

 

काँक्रेविहार (सुर्खेत), २३ भदौ : जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिनुभएको छ ।

 

गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा जानकारी दिनुभयो । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उहाँले बताउनुभयो । –––

 

 

प्रतिकृया दिनुहोस