• आइतबार-भदौ-२३-२०८१

आफ्नो विषयमा प्रकाशित समाचारमा कुनै सत्यता नभएको मञ्जु क्षेत्रीको दावी

   पर्वतकी मञ्जु क्षेत्रीले आफ्नो विषयमा साँघु न्यूज डटकमलगायत सञ्चार माध्यममा  प्रकाशित समाचारमा कुनै सत्यता नभएको दावी गरेकी छिन्। २०८१  असार २९ गते साँघु अनलाइनमा प्रकाशित ‘ब्वाइफ्रेण्ड सुवेदीलाई अमेरिका पठाएर एसएसपी रेग्मीसँग यसरी चल्दै थियो मञ्जुको चक्कर !’ शीर्षकको समाचारमा  समेत उनले आपत्ति जनाएकी हुन् ।

 

समाचारमा उनको र एसएसपी दीपक रेग्मीको अनैतिक सम्बन्धबारे उल्लेख छ । उनले त्यसको खण्डन गरेकी छिन् । समाचारमा गलत प्रचार गरिएको उनको दावी छ ।

 

मञ्जुले साँघुलाई पठाएको खण्डनमा लेखिएको छ,‘हाल मेरो केस सम्मानित बाग्लुङ अदालतमा विचाराधीन रहेका कारण म कति त बोल्न नमिल्ने अवस्थामा छु । म सम्पूर्ण जवाफ र स्पष्टीकरण दिने नै छु ।’

 

उनले आफ्नो श्रीमान् दीपक थापा नेपालमा अपराध गरेर भागेको व्यक्ति भएको आरोप लगाएकी छिन् । आफूमाथि लगाइएको आरोप सबै झुठ्ठो भएको मञ्जुको जिकिर छ । हुँदै नभएको कुरामा प्रहरीलाई पनि बद्नाम गराउन खोजेको मञ्जुले लामाे खण्डन पत्रमा उल्लेख गरेकी छिन् ।

 

  ब्वाइफ्रेन्ड सुवेदीलाई अमेरिका पठाएर एस एस पी रेग्मीसँग यसरी चल्दै थियो मञ्जुको च क्कर...!


नाेट : साँघु समाचारमा उल्लेख भएका कतिपय विषय र सम्बन्धहरूकाे बारेमा मञ्जुले बुँदागत खण्डन गर्न भने सकेकी छैनन्-साँघु डेस्क

प्रतिकृया दिनुहोस