• सोमबार-असार-२४-२०८१

तीन जिब्रे खनालका कारण भुसाल समूह अघि बढ्दा बढ्दै 'वहादुरी'का साथ पछि हट्याे !

काठमाडाैं । एकीकृत समाजवादीको महाधिवेशनमा एउटा रोचक दृश्य देखिएको छ । एक मत आएपनि अध्यक्षको उम्मेदवार हुने भनेर हिंडेका नेता थिए झलनाथ खनाल ।

 

अध्यक्ष नेपालले उनलाई महाधिवेशन अघि 'बसेरा होटल'मा बोलाएर भेटेका थिए, उम्मेदवार हुने वा होइन भनेर बुझ्नका लागि ।

 

त्यतिबेला प्रमेश हमाल, राजेन्द्र पाण्डेलाई साक्षी राखेर खनालले एक भोट आए पनि नछोड्ने बताएका थिए ।

 

विचार भुसाल समूहको भएकोले सर्वसम्मत भए खनाल र चुनाव भए भुसाल अघि बढ्ने दुईजनावीच सहमति भएको थियो । तर, अन्तिम समयमा नेपालसँग मिल्ने गरी खनालले गतिविधि गरेपछि समस्या आएको पनि बताइएको छ ।


   त्यसको केही दिनपछि डल्लु निवासमा घनश्याम भुसाललाई अध्यक्षमा सहयोग गर्ने सहमति जनाए । त्यसको भोलिपल्ट फेरि होइन आफै अध्यक्षकाे उम्मेदवार बन्ने हुने हो भनेर कार्यकर्ता  नेतालाई गफ दिन थाले । खनालको यो तीन जिब्रे चरित्रमाथि प्रश्न उठिरहेका बेलामा भुसाल समूह र नेपाल समूह दुवै आशंकामा रहेका थिए ।


 तीन जिब्रे नेता झलनाथकाे साथ पाइने हो वा होइन भनेर भुसाल समूह बढी नै शंकामा रहेका बेलामा महाधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्ष भए । नेपाल समूह र भुसाल समूहले आआफ्नो पक्षमा रहेको दावी गरिहेका थिए । तर, अन्तिम समयमा भने भुसाल समूहलाई खनालले धोका दिएका छन् । भुसाल समूहले धोका पाउने अवस्था आएपछि परिस्थिति सहमति उन्मुख भएको दावी गरिएको छ ।


  माधव नेपालले कानमा चिनी हालेपछि  व्यक्तिगत स्वार्थमा लागेर खनालले भुसालको समूहलाई खासै सहयोग नगर्ने संकेत बुझेपछि भुसालले पनि हार्ने चुनाव किन लड्ने भनेर महासचिव दोहोरिन बाध्य भएको बताइएको छ । माधव नेपालले पनि खनालको दोहोरो चरित्र बुझेर नै भुसाललाई रोक्न खोजेका थिए । त्यसमा नेपाल समूह सफल भएको बताइएको छ ।


 तीन जिब्रे खनालले पहिलादेखि नै नेपालबाट नेतृत्व खोस्नुपर्ने र विचार अनुसार नेतृत्व हुनुपर्ने बताउँदै आएका थिए । अहिलेको पार्टीको विचार भने भुसाल समूहको थियो ।

 

   विचार भुसाल समूहको भएकोले सर्वसम्मत भए खनाल र चुनाव भए भुसाल अघि बढ्ने दुईजनावीच सहमति भएको थियो । तर, अन्तिम समयमा नेपालसँग मिल्ने गरी खनालले गतिविधि गरेपछि समस्या आएको पनि बताइएको छ ।


    त्यसो त खनालको दोहोरो चरित्र अहिलेमात्र होइन एमालेको नवौं महाधिवेशनमा आफ्नो टीमका सबै सदस्यलाई माधव नेपाल समूहमा पठाएर आफू केपी ओलीसँग बसेका थिए । अनि, त्यतिबेला २२ भोट अध्यक्षमा खाली हाल्न लगाएका थिए ।

 

त्यसैले माधव नेपाल त्यतिबेला अध्यक्षमा पराजित भएको दावी गरिएकाे थियाे । अहिले पनि तीन जिब्रे जेएन खनालले त्यस्तै भूमिका खेलेको चर्चा एसमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस