• सोमबार-असार-१७-२०८१

नेपाली सेनाद्वारा सुस्तामा पुस्तकालय भवन निर्माण


नवलपरासी, १५ असार : नेपाली सेनाले पश्चिम नवलपरासीको नारायणी पारी सुस्तामा पुस्तकालय भवन निर्माण गरेको छ । सेनाले स्थानीय जनता दलित आधारभूत विद्यालयमा ‘गोरख पुस्तकालय’ निर्माण गरेर हस्तान्तरण गरेको छ ।
 

नेपाली सेनाको मध्य पश्चिम पृतना हेडक्वाटरअन्तर्गत २२ नं बाहिनी अड्डाको सहकार्यमा परासीस्थित गोरखदल गणले रु १५ लाखको लागतमा उक्त भवन निमार्ण गरेको हो । गोरख दल गणका गणपति प्रमुख सेनानी प्रणयजङ्ग मल्लले नेपाली सेनाले जनहितको कार्य गर्ने नीतिअनुरूप पुस्तकालय भवन निर्माण गरेको बताउनुभयो । 

 

यसअघि गोरख दल गणका तत्कालीन प्रमुख सेनानी  ज्ञानकाजी श्रेष्ठले करिब रु एक लाख बराबरका पुस्तक उक्त विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । 
–––

 

 

प्रतिकृया दिनुहोस