• शनिबार-श्रावण-१२-२०८१

मधेश प्रदेश सरकार फाल्ने र बनाउने प्रयासमा एमाले र माओवादीलाई ठेस !

मुख्यमन्त्री सरोज यादव, मधेश प्रदेश

   काठमाडाैं । मधेश प्रदेश  सरकार हेरफेरका लागि एमाले र माओवादी केन्द्रको प्रयासमा ठेस लागेको छ । एमाले र माओवादी केन्द्रले जसपा नेपालको तर्फबाट मुख्यमन्त्री भएका सरोज यादवलाई दिएको समर्थन फिर्ता लिएलगत्तै अर्को सरकार बनाउने प्रयास गरेका थिए । समर्थन फिर्ता लिँदा  साथ दिएका लोसपा र जनमत पार्टी २४ घण्टापछि ढुलमूल भएपछि एमाले र माओवादी केन्द्रको प्रयासमा ठेस लाग्न पुगेकाे थियाे  ।

 

लोसपा भने उपेन्द्र यादवको पुरानो रिसका कारण के गर्ने भन्ने लाइनमा क्लियर  देखिएको छैन तर भारतीय लाइन  चाहिँ एमाले र माओवादी केन्द्रको विपक्षमा रहेका कारण उपेन्द्र यादव मन नपरेपछि लोसपाले अन्तिममा सरोज यादवलाई साथ दिनसक्ने अनुमान पनि भइरहेको छ ।


    जसपा नेपाल जसरी पनि सत्ता जोगाउने प्रयासमा रहेको छ । कांग्रेस अहिले जसपा नेपालको मुख्यमन्त्रीलाई साथ दिने तयारीमा रहेको छ । मुख्यमन्त्री यादव पनि कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका छन् । तर, जनमत र लोसपाले निर्णय नदिएका कारण मुख्यमन्त्री  यादव रोकिएका हुन् ।


    स्रोतका अनुसार, जसपा अहिले सरकार बचाईदिए अर्कोपटक जनमतलाई मुख्यमन्त्री दिन तयार भइसकेको छ । उक्त प्रस्ताव पनि गरिसकेको छ । सरोज यादवले जनमतका संसदीय दलका नेता महेश यादवलाई फकाउने प्रयास पनि गरिरहेका छन् । यद्यपि, पहिला मुख्यमन्त्री खोजेर जनमतले अड्काउने प्रयास गरेको छ ।


     महेश यादवको खास चाहना चाहिँ सरोज यादवलाई निरन्तरता दिई मुख्यमन्त्री हुने चाहना रहेको छ । तर, जनमतकै अर्को सांसद तथा जनमत पार्टीका महासचिवसमेत रहेका चन्दन  सिंहको लाइन भने फरक रहेको स्राेत बताउछ । सिंह एमाले र माओवादी केन्द्रको गठबन्धनसँग मिलेर जानुपर्ने पक्षमा रहेको तर यादव त्यसको विपक्षमा रहेका कारणले जनमत निर्णयमा पुग्न नसकेको स्रोतको दावी छ ।


    उक्त स्रोतका अनुसार, लोसपा भने उपेन्द्र यादवको पुरानो रिसका कारण के गर्ने भन्ने लाइनमा क्लियर  देखिएको छैन तर भारतीय लाइन  चाहिँ एमाले र माओवादी केन्द्रको विपक्षमा रहेका कारण उपेन्द्र यादव मन नपरेपछि लोसपाले अन्तिममा सरोज यादवलाई साथ दिनसक्ने अनुमान पनि भइरहेको छ ।


     संसदीय दलको उपनेता उपेन्द्र महतो र सांसद जितेन्द्र सोनलको लाइनमा दुईधार देखिएको छ । मुख्यमन्त्री यादव पहिला राजेन्द्र महतो निकट भएर काम गरेका थिए ।

 

उपेन्द्र महतो र सरोज यादव विगतमा एउटै पार्टीमा काम गरेको भएर पनि अहिले महतोले यादवलाई साथ दिन नहुने लाइन लिएका छन् । तर, सोनल भने एमाले र माओवादी केन्द्रको लाइनमा जान नहुने तर्क गरिरहेको पनि जनकपुरबाट स्रोतले बताएको छ ।


 स्रोतका अनुसार लोसपाको यो विवादमा महन्थ ठाकुरको निर्देशन महत्वपूर्ण हुनेछ ।  कांग्रेस र लोसपाले साथ  दिएको अवस्थामा सरकार जोगाउन मुख्यमन्त्री  यादवलाई सहज हुनेछ । त्यसमा एकीकृत समाजवादीले पनि साथ दिने अनुमान गरिएको छ । त्यसैले, अहिले  मधेशमा सांसदहरुको मोलतोल पनि बढेको छ ।   


   जसपा नेपालबाट फुटेर कतिजना अशोक  राईको जसपामा जान्छन् ? भन्ने पनि चासोको विषय बनेको छ । प्रदेश सांसदलाई १३ जेठसम्म पार्टी रोज्न निर्वाचन आयोगले समय दिएको छ । त्यसैले पनि १३ जेठ अघि सरकार हेरफेरको कुनै संभावना नभएको बताइन्छ ।

प्रतिकृया दिनुहोस