• शनिबार-श्रावण-१२-२०८१

सुगर राेगीका लागि खुसीकाे खबर : शाङ्घाईमा मधुमेहको नयाँ उपचार विधि सफल

 चीनकाे शाङ्घाईको चाङ्जेङ विश्वविद्यालय अस्पतालका चिकित्सकहरूले जीवनभरको मधुमेहलाई नयाँ विधिबाट उपचार गरेर एकजना व्यक्तिको मधुमेह निको पारेका छन्।

 

  चीनले हासिल गरेकाे यो सफलता प्रयोगशालामा तयार गरिएको प्यान्क्रियाटिक कोशिकाहरूलाई उनको आफ्नै स्टेम सेलबाट प्रत्यारोपण गरेर प्राप्त भएको दावी गरिएकाे छ। जानकारहरूका अनुसार, विश्वमा यस प्रकारको उपचारबाट मधुमेह निको पारिएको यो पहिलो घटना हो ।

 

  ५९ वर्षीय ती व्यक्ति २५ वर्षदेखि इन्सुलिनको प्रयोग गर्दै आएका थिए ताकि आफ्नो टाइप २ मधुमेहलाई नियन्त्रण गर्न सकुन् । खबर अनुसार, जुलाई २०२१ मा उनले आफ्नो रक्तकोशिकाहरूबाट तयार गरिएको प्यान्क्रियाटिक कोशिकाहरूको प्रत्यारोपण प्राप्त गरे। 

 

प्रत्यारोपण प्राप्त गरेकाे ११ हप्ताभित्रै, उनलाई इन्सुलिनको सुई आवश्यक परेन । एक वर्ष पछि, उनले मधुमेहका औषधिहरू प्रयोग गर्न पूर्णरूपमा छाडे  ।

 

यो उपचार विधिको विकासमा टोलीले एक दशकभन्दा बढी समय खर्च गरेका थिए । चीनमा १४ करोड मधुमेह रोगीहरू छन्, जसमा ४ करोड इन्सुलिनमा निर्भर छन् । नयाँ विधिले कोशिकाहरूको प्रत्यारोपणको लागि नवीकरणीय स्रोत प्रदान गर्दछ, जसले पहिले दुर्लभ दाताहरूमा निर्भर रहन्थ्यो ।

 

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) का अनुसार, करिब ३८.४ मिलियन अमेरिकी नागरिकहरू मधुमेहसँग संघर्ष गरेर बाँचिरहेका छन्। ९७.६ मिलियन जनाले मधुमेह पूर्ववर्ती अवस्था भोगिरहेका छन् ।

 

विश्वभर करिब ४१५ मिलियन मानिसहरू मधुमेहसँग जुधेर बाँचिरहेका छन्, जसमध्ये ४६% को मधुमेह भने पत्ता लागेको छैन ।

https://www.instagram.com/p/C69sH83MCSi/

प्रतिकृया दिनुहोस