• बुधबार-जेठ-२-२०८१

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं, १७ बैशाख । सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । 

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यता, सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला ४ सय रुपैयाँले सुनको भाउ बढेको थियो ।

 

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस