• बिहीबार-जेठ-३-२०८१

प्रि ओपन सेसनमा १० अंकले बढ्यो नेप्से

 

काठमाडौं, १७ बैशाख । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ । नेप्सेमा १०.०४ अंक बढेर १९९०.३१ विन्दुमा पुगेको छ । 

 

सोमबार प्रि ओपन सेसनमा ४७ स्टकको १० लाख ९१ हजार ३०२ रुपैयाँबराबरको २ हजार २०२ कित्ता शेयर कारोबार भएको छ । जसमध्ये ३४ कम्पनीको मूल्य बढेको छ भने ११ को मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

प्रतिकृया दिनुहोस