• शनिबार-श्रावण-१२-२०८१

पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँले घट्यो

 

काठमाडौं, २ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।

 

पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

घटेको मूल्य बुधबार राति १२ बजेपछि लागू हुनेछ । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ ।

 

डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस