• बुधबार-जेठ-२-२०८१

डोटीमा एक पुरुष मृत अवस्थामा फेला

 

डोटी, १७ बैशाख । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

 

जोरायल गाउँपालिका-६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परेका हुन् ।

 

दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस