• मंगलबार-जेठ-१-२०८१

सेनाकाे गौरवमय ईतिहास बोकेको फौज अस्ताउने सङ्घारमा !

नेपालको एक मात्र विशेष फौजको भविष्य अन्योलमा ?

   नेपाली सेनाको इतिहासमा सेनाको एक मात्र विशेष फौजको रुपमा रहेको श्री युद्धभैरव गण Special Forces (SF) को रुपमा परिचित छ । सेनाको नियमित युद्धकला भन्दा फरक तरिकाले तालिम गराईन्छ । जसमा क्रुर निर्मम भएर गराइएको हुन्छ । तालिम अत्याधिक जोखिम बहन गरी सिपाही जवानले दिएको योगदान अविस्मणीय र कथा दर्दनाक छ ।


 लामो समय तालिम गरि आफ्नो कार्यमा पोख्त बनाई स्थापनाकालदेखि वर्तमान समयसम्म आइपुग्दा आफ्नो ज्यानलाई बलिदान दिएर विगतको द्वन्द्वकाल, प्राकृतिक प्रकोप, राष्ट्रिय सुरक्षा चुनौती तथा रणनैतिक महत्वका विशेष अपरेशन तथा मिशनहरूमा यस गणले सफलताका साथ आफ्नो जिम्मेवारी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।


  गौरवमय इतिहास बोकेको नेपाली सेनाको रणनैतिक शक्तिको रुपमा रहेको श्री युद्धभैरव गण (SPECIAL FORCES) ले भिन्न संरचना, संगठन, भूमिका तथा चेन अफ कमाण्डमा रहि आफ्नो जिम्मेवारीलाई उत्कृष्ट र उदाहरणीय ढंगमा गरिरहेको छ । साथै देशमा आइपर्ने हरेक किसिमका विपत्ति तथा संकटको समयमा यस गणले निर्वाह गर्दै पनि आएको छ ।


   उमेरमा योगदान गर्न नौलो कुरा हैन तर उमेर पश्चात अब के हुन्छ, के गर्न सक्छ र भावी सन्ततिलाई के बुझाएर जाने भन्ने कुरा पनि जोडिएको हुन्छ तर नेपाली सेना र नेपाल सरकारको त्यतातिर ध्यान नगएको देखिन्छ । यो विषयमा कमाण्ड तथा माथिल्लो तहका व्यक्तिहरुको ध्यान जान अति आवश्यक देखिन्छ ।

 

    युद्धभैरव गणमा तालिम गर्न जवान तथा अधिकृतहरु आउन छाडिसकेका छन् । तर, इतिहास हेरेर तालिम गर्न आफै motivate भएर आउनु पर्नेमा Motivation Class लिएर अधिकृतलाई तालिम गर्न आउनु भनेर भन्ने स्थिति भएको छ । अन्य जवानहरुलाई गणले जवरजस्ती वा मन नलागी नलागी गणले पठाईहाल्यो, भईगयो हाजिर भएर आउने भनेर मात्र आउने गरेको पाईन्छ ।


   नेपाली सेनाका कतिपय जवानहरु तालिम गर्दा गर्दै भाग्ने गरेका छन् । सैन्यलाई जस्तै समाएर ल्याउनु पर्ने स्थिति बनेको छ । कारण क्रुर तालिमको दु:ख, दु:ख भन्दा पनि अति दर्दनाक तर यसरी तालिम नगराए कसरी बनाउने SF(स्पेशल फाेर्स) ? अब यो प्रविधि जमानामा कसले गर्ने दु:ख अहिले जमाना बदलिएको छ ।पहिलाको भन्दा आकाश पातल फरक भईसकेको छ ।


बदलिंदो परिस्थिति अनुसार समस्याको समाधान ननिकाल्ने हो भने अबको ५/७ वर्षमा नेपाली सेनाको इतिहास बोकेको एक मात्र विशेष फौजको रुपमा रहेको श्री युद्धभैरव गण Special Forces को रुपमा परिचित थियो भनि ईतिहास मात्र पढ्न पाईनेछ । त्यसैले यसको विकल्प वा समाधान नेपाली सेनाकाे हेडक्वार्टरले वेलैमा निकाल्नु पर्ने देखिन्छ ।


 नेपाली सेनाकाे  Special Forces जस्तो तालिमको समाधान अहिलेको परिस्थिति र भोलि आउन सक्ने विकराल स्थितिलाई मध्यनजर राखेर अझ चुस्त र कडा तालिम गराउन पर्ने हुन्छ । समाधान भनेर भाते परेड गराएर अन्य युनिटको जस्तो तालिम गराएर समाधान निकाल्न सक्ने अवस्था छैन ।


त्यसैले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दा निवृत्तिभरणमा ३५% भत्ता पाउने व्यवस्था हुने हो भने ईतिहास कायमै रहने देखिन्छ । अहिलेसम्मको अध्ययनमा अरू कुनै विकल्प देखिएको छैन । तालिमको अवधि घटाएर समस्या समाधान हुँदैन बरू तालिम अरू लम्ब्याउनु पर्ने देखिन्छ ।


अर्को पाटो हेर्ने हो भने पहिलाको तुलनामा नेपाली सेनामै भर्ति हुन आउनेहरुको संख्यामा उल्लेख्य मात्रामा गिरावट आउदै गरेको छ। ईन्फ्रेन्टी फौजमै जागिर खाने फौजहरु दुःख धेरै, सेवा सुविधा कम भन्दै भटाभट जागिर छोड्दै विदेश पलायन हुनेको संख्या भयावह बन्दै गर्दा विशेष फौज भित्र गर्नुपर्ने दुःख कष्ट र सेवा उप्रान्त कुनै सेवा सुविधा नहुने हुँदा भविष्य नदेखेरनै यस गणतर्फ जवानहरु आकर्षित नभएको सुनिन्छ ।


त्यसैले यी सबै विषयहरुलाई केही केही रुपमा हल गर्न पेन्सन पछि पनि तलबको ३५ प्रतिशत पेन्सन थप हुने कार्यनीति बनाउन सके युद्धभैरवले हाल भोगिरहेको पीडालाई मलमपट्टी लगाउन र इतिहासकाे रक्षा गर्न सकिन्छ भन्ने कुरा नेपाल आर्मीकाे हेडक्वार्टरले बुझ्न जरूरी छ । यस्तो सम्वेदनशील विषयमा कमाण्ड तथा माथिल्लो तहका व्यक्तिहरुको ध्यान जान अति आवश्यक देखिन्छ ।


   विगतको दिनमा स्पेशल फोर्सलाई डवल रासन भत्ता आउने गरेको अवगतनै छ । समय सापेक्ष कटौती गरिएता पनि अब फेरि समय सापेक्ष स्पेशल फोर्सलाई पेन्सन भत्ता थप्नु पर्ने दिन आएको छ । अर्को पाटो अधिकृतले लामो समय तालिम गरि सकेपश्चात युद्धभैरव गणमा रहुन्जेल मात्रै ३५% भत्ता पाउने प्रावधान छ ।

 

युद्धभैरव गणमा तालिम पश्चात अन्यत्र युनिटमा विविध कारणले अधिकृतहरु सरुवा गएपश्ताच पनि ३५%  भत्ता र निवृत्तिभरण पश्चात पेन्सन भत्ता दिलाउने व्यवस्था गरि दिए राम्रो हुने थियो । तर फेरि यसै गणमा आउनको लागि सरदर १०/१२ वर्ष कुर्नु पर्ने हुन्छ भने कुनै अधिकृतको पालोनै आउँदैन । यति दुख्ख गरी सकेपछि पनि अधिकृतले अरु अधिकृत भन्दा फरक सुविधा नपाउनुले पनि अबको पीढींको अधिकृतहरु कम्व्याट गर्नलाई आउन छाडिसकेका छन् ।


विभिन्न तहतप्काबाट उत्तर सजिलै पाईने गरिन्छ ३५% भत्ता भनिन्छ । ३५% भत्ताले घाउमा मलम पट्टि पनि लगाउन पुग्दैन । कसैले एक पटक पनि राजीनामा गएर बसेको अधिकृत वा अन्य जवानको समस्या कहिलै बुझ्नु भएको छैन । जुन नेपाली सेनामा अन्य युनिट छ जसमा निवृत्तिभरण पश्चात पेन्सन पाउने व्यवस्था पनि छ ।


नेपाली सेनाको ईतिहास हेर्ने हो भने आफ्नो तोकेको जिम्मेवारी पूरा गर्ने विशिष्ट क्षमता केवल SPECIAL FORCES मा मात्र छ । श्री युद्धभैरव गणले विशिष्ट व्यक्तिहरूको सुरक्षा तथा अन्य विविध महत्वपूर्ण जिम्मेवारीहरूमा पुऱ्याइदिएको योगदानलाई भावी पुस्ताले समेत गौरवको रुपमा लिनेछन् ।


  आफ्नो गौरवमय इतिहासलाई कायम राख्दै यस गणले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौती र खतराहरूको दृढतापूर्वक सामना गर्न क्षमता राख्दछ । नेपाली सेनाको गहनाको रुपमा रहेको यस युद्धभैरव गणलाई समय सापेक्ष व्यवहारिक, प्रविधियुक्त र आधुनिक तरिकामा लैजानु आजको कमाण्ड तथा माथिल्लो तहका व्यक्तिहरुले सूक्ष्म तरिकाले हेर्न र बुझ्न आवश्यकता रहेको देखिन्छ ।


  विशेष फौज र पैदली फौज (Infantry) बिचको भिन्नता त सबैलाई थाहा छ तर विशेष फौज वाहिनी अन्तर्गत रहेका विशेष फौज (Special Forces) र विशेष कारवाही फौज (Special Operation Forces) को परिभाषा, उनीहरुको भिन्न भिन्न भूमिका तथा जिम्मेवारी (Roles & Responsibility), सोही अनुसारको विशेषता, उनीहरुको परिचालन पति तथा कारवाही प्रकृया बारेमा समेत सेनाको उच्च एवं विभिन्न तहको नेतृत्वलाई अवगतनै छ । त्यसैले यो विषयमा सबैको ध्यान सदैव केन्द्रित हुन आवश्यक रहेको देखिन्छ ।


    विश्व परिवेशको बदलावसँगै नेपाल पनि अनेकौं सुरक्षा चुनौती र खतराबाट गुज्रन सक्ने सम्भावनालई आत्मसाथ गर्दै आगामी दिनहरुमा समेत यस गण जस्तोसुकै परिस्थितिमा आफूलाई खरो रुपमा उतार्न हरदम तम्तयार अवस्थामा रहनेछ श्रीमान् । अन्त्यमा युद्ध भैरव गणले अब भक्तपुर, सूर्यविनायकको भवन तथा जग्गा भोकचलन गर्न नपाउनेनै हो त ?

युद्धभैरव गण
श्री युद्धभैरव गणका अधिकृत, पदिक तथा हुद्दाहरु

 

प्रतिकृया दिनुहोस