• शुक्रबार-बैशाख-२८-२०८१

लागूऔषध गाँजासहित राैतहटबाट एक दम्पती पक्राउ

 

रौतहट, १५ बैशाख । रौतहटमा प्रहरी गस्ती टोलीले स्थानिय कटहरिया नगरपालिकास्थित लागूऔषध गाँजासहित बारा निजगढका एक दम्पतीलाई पक्राउ गरेको छ ।

 

गाँजासहित पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका १ बजार टोलका अटो रिक्सा चालक वर्ष ४२ को अनन्त बराइली र निजकी श्रीमती वर्ष ३५ की मन्जु बराइली रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् ।

 

कटहरिया २ स्थित अस्थायी प्रहरी पोष्ट छेदिचौकबाट खटिएको  गस्ती टोलीले बिशेष सूचनाको आधारमा  वडा २ छेदिचौकमा प्र.२-०३-००१ह ३१५ नम्बरको अटोलाई चेकजाँच गर्दा सिटमुनि रातो झोलामा लुकाइ ल्याएको १० किलो ५ सय ग्राम गाँजा बरामद गरेको थियो ।

 

बरामद गाँजा संगै प्रहरीले अटो चालक अनन्त  र निजको श्रीमती मन्जु लाई पक्राउ गरेको छ । गाँजा, अटो र चालक दम्पती लाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाएको तथा थप अनुसन्धान भई रहको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

 

प्रतिकृया दिनुहोस