• मंगलबार-जेठ-८-२०८१

क्षतिपूर्ति समेत दावी गर्न विभागीय प्रमुखलाई कार्यकारी अध्यक्षको निर्देशन

काठमाडाैं । नेपाल वायुसेवा निगमको 9N-AKX जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा  २०८१ वैशाख २३ गते निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले संचालक समिति सदस्य बरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको छ ।


उक्त समितिलाई निगमको जहाजको इन्जिन Israel Aerospace Industry-IAI मा मर्मत संभार गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवम् अध्ययन गरी पन्ध्र दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको निगमका प्राविधिक  प्रवक्ता देवेन्द्र पुन र प्रवक्ता रमेश पौडेलले जानकारी दिएका हुन् ।

 

  निगमका अनुसार, यसभन्दा अगाडि कार्यकारी अध्यक्ष युबराज अधिकारीबाट नेपाल वायुसेवा निगम र IAI बीच भएको सम्झौताबमोजिम कार्य गर्न र ढिलाइ भएकोमा क्षतिपूर्ति समेत दावी गर्नु भनी मिति २०८०/११/२२ मा CAM Departmen लाई आदेश समेत भएको थियो । यस विषयमा मिति २०८१/१/१७ गते बसेको निगम कार्यकारी समितिबाट कार्यकारी अध्यक्षले दिएको आदेश बमोजिम पहिलेको इन्जिनV2500 S/N V17672 मर्मतमा भएको ढिलाई र अर्को इन्जिन  V2500 S/N V17679 Breakdown  पश्चात सम्झौताको शर्तअनुसार समयमा दिन नसकेको विषयमा विस्तृत विश्लेषण गरी क्षतिपूर्ति दावी गर्न CAM Department ले कार्य अघि बढाउने भनी निर्णय भए बमोजिम आवश्यक कार्य प्रारम्भ समेत भैसकेको छ ।

 

प्रतिकृया दिनुहोस