• सोमबार-बैशाख-२४-२०८१

हाँडीगाउँमा गहना खोज्ने जात्रा,  यस्तो छ किंवदन्ती !


काठमाडौं । काठमाडौंस्थित हाँडीगाउँमा गहना खोज्ने जात्रा मनाइएको छ । 


टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ ।

 

उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् ।

 

यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् । त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको इतिहास संस्कृतिकार जानकारहरु बताउँछन् ।
 

 

प्रतिकृया दिनुहोस