• आइतबार-जेठ-६-२०८१

ओलम्पिकका लागि टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने

 

काठमाडौं । फ्रान्समा हुने पेरिस ओलम्पिकका लागि टेबलटेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । 


छनोट मे १३ तारिखदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए । 


छनोटमा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता रहने छ । प्रत्येक राष्ट्रबाट समान २–२ पुरुष÷महिला खेलाडीले भाग लिने छन् । समान १–१ पुरुष÷महिला खेलाडीले पेरिस ओलम्पिकका लागि स्थान पक्का गर्ने छन् ।


नेपालबाट पुरुषमा संयोग कपाली र श्यान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापाले नेपालको प्रतिनिधित्व गर्ने छन् । तीनदिने प्रतियोगिता सञ्चालन करिब १० लाख खर्च हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस