• सोमबार-बैशाख-२४-२०८१

कञ्चनपुर प्रहरीद्वारा साेह्र लाखकाे अवैध सामान बरामद

 

 कञ्चनपुर।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  २०८१ वैशाख ११ गते  तस्करीकाे माध्यमबाट भित्रिएकाे लगभग १६ लाख रूपैयाँकाे विभिन्न सामान बरामद गरेकाे छ । 

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी न.पा.०८ अन्तरगतबाट रु १४,६२०००। तस्करीकाे सामान बरामद गरेकाे हाे ।


त्यसैगरी अस्थायी प्रहरी पोस्ट सुकाशालबाट खटिएको प्रहरी टोलीले  रू.  ५४,७३०, रअस्थायी प्रहरी पोस्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले रू. १०,०००। काे अवैध सामान बरामद गरेकाे हाे ।    


२०८१ वैशाख १२ गते ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भि.न.पा.वडा नं. ११  अन्तरगतबाट रू.  रु ७१,२००। गरी जम्मा अन्दाजी मूल्य रु १५,९७,९३०।– ( पन्ध्र लाख सनतानब्बे हाजर,नौ सय तिस) बराबरको भन्सार छलेर ल्याइएका गहुँ, ट्याक्कर थान २, साईकल थान १, डिउ,चिनी, सुट, कुर्ती, लेडिज टि-सर्ट, धोती, मिश्री, तेल, प्याज, बिडी, सुर्ती, बिस्कुट,जिरा, गम्छा लगायतका सामानहरु फेला पारेकाे थियाे ।


  बरामद गरिएका अवैध सामानहरू कानून बमोजिम थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस