• आइतबार-जेठ-६-२०८१

जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता

 

काठमाडौँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानी विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छन् ।

 

उनी गएराति स्वदेश फिर्ता भएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरेकी थिइन् । आइतबार बिहान काठमाडौँ आइपुगेकी विदेशमन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

 

उनले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी थिइन् । त्यस्तै उनले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधिमण्डलसँग छलफल समेत गरेकी थिइन् ।
 

 

प्रतिकृया दिनुहोस