• सोमबार-बैशाख-२४-२०८१

टेस्लाले थप २६ सय कर्मचारी हटाउँदै

 

टेक्सास, १२ बैशाख । एलन मस्कको कम्पनी टेस्लाले हाल कार्यरत कर्मचारी हटाउने क्रम जारी राखेको छ । यसैबीच, टेस्लाले आफ्नो टेक्सास कारखानामा कार्यरत २ हजार ६८८ कर्मचारीहरूलाई हटाउने भएको छ ।

 

इलेक्ट्रिक वाहन निर्माण कम्पनिले एक सुचनामार्फत कर्मचारी हटाउने घोषणा गरेको जनाइएको छ । कर्मचारी समायोजन र पुनः प्रशिक्षण सबन्धी सूचनासँगै कर्मचारी कटौती गर्ने जनाएको हो ।


१९८८ को चेतावनी ऐन एक अमेरिकी श्रम कानून हो जसमा १०० वा सो भन्दा बढी कर्मचारीहरू भएका कम्पनीहरूलाई योजनाबद्ध बन्द वा सामूहिक कटौतीको ६० दिन अगाडि सूचित गर्न आवश्यक रहेको छ । सोही कानुन अनुसार कर्मचारी कटौती गर्न लागेको जनाएको हो ।
 

 

प्रतिकृया दिनुहोस