• सोमबार-बैशाख-२४-२०८१

भलिबल प्रतियोगितामा सहभागी हुन जाने खेलाडी टोलीको बिदाइ

 

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडी तथा प्रशिक्षक टोलीको बिदाइ भएको छ । ढाकामा हुन गइरहेको आमन्त्रित अन्तराष्ट्रिय भलिबल यू–१९ प्रतियोगितामा सहभागी हुने टोली त्यसतर्फ प्रस्थान गरेको हो ।


समूहमा खेलाडी तर्फ शुरेस मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुस्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शसि पुलामी मगर र भुवन तामाङ्ग रहेका छन् ।


त्यसैगरी टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् ।


नेपालभरबाट छनोट भएकाले खेलाडीहरुलाई कुनैपनि सरकारी निकायको सहयोग विनानै आर्थिक व्यवस्थापन गरेर बंगलादेश पठाइएको जिल्ला खेलकुद विकाश समिति भक्तपुरका निर्वतमान अध्यक्ष दिपक थापाले बताए ।

 

प्रतिकृया दिनुहोस