• सोमबार-बैशाख-२४-२०८१

एसियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल

 

काठमाडौँ । साउदी क्लब अल हिलाल एसियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।

 

गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा अल हिलालले युएईको क्लब अल ऐनलाई २-१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ५-४ गोल अन्तरले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो । सेमिफाइनलको पहिलो लिगमा अल हिलाल अल ऐनसँग ४-२ ले पराजित भएको थियो ।

 

यो जितसँगै अल ऐन एएफसी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । अब अल ऐनले फाइनलमा जापानी क्लब योकोहामा र दक्षिण कोरीयन क्लब उल्सन एचडीबीचको विजेतासँग खेल्ने छ ।

 

प्रतिकृया दिनुहोस