• सोमबार-बैशाख-२४-२०८१

सुनील नारायण भन्छन्- विश्वकपको ढोका मेरो लागि बन्द नै छ

 

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेका वेस्ट इन्डिजका पूर्व खेलाडी सुनील नारायणले आगामी टी-२० विश्वकपमा नखेल्ने स्पष्ट गरेका छन् ।आईपीएलमा कोलकोताबाट खेलिरहेका सुनिलले विश्वकपको ढोका आफ्नो लागि बन्द रहेको स्पष्ट गरेका हुन् ।

 

उनको प्रदर्शनलाई ध्यानमा राख्दै आगामी टी-२० विश्वकपमा वेस्ट इन्डिजबाट खेल्न सक्ने अनुमान भइरहेका बेला उनले आफु विश्वकप नखेल्ने स्पष्ट गरेका हुन् । ३५ बर्षीय सुनिलले जारी आईपीएलमा एक शतक र एक अर्धशतक बनाएका छन् भने  अहिलेसम्म ९ विकेट समेत लिएका छन् । उनले नोभेम्बर २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी २०१९ देखि वेस्ट इन्डिजका लागि खेलेका थिएनन् ।

 

उनले आफ्नो अहिलेको प्रदर्शनले सन्यास तोडेर वेस्ट इन्डिजका लागि विश्वकप खेल्नुपर्ने तर्क गरिरहेको सुनेको बताउँदै विश्वकप नखेल्ने बताएका हुन् । उनले वेस्ट इन्डिजबाट विश्वकपमा प्रतिनिधित्व गर्ने युवा खेलाडीहरुलाई आफ्नो सधै समर्थन रहेको बताएका छन् ।

 

प्रतिकृया दिनुहोस