• आइतबार-जेठ-६-२०८१

माधव नेपाल प्रधानमन्त्री बन्ने सपना तत्काललाई तुहियो, ‘सेफ जोन’मा प्रचण्ड

जसपा विभाजनमा कानून बाधक, राजकिशोरको भूमिका के होला ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विभाजनले केन्द्रीय सत्ता गठबन्धनमा ठूलै हलचल पैदा गरेको छ । दलहरु विभाजन गरेर भएपनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्ने रणनीति कम्युनिष्ट इतरका शक्तिहरुले गरिरहेका थिए । त्यसमा कम्युनिष्ट भनिएको दल एकीकृत समाजवादी पनि मिलेको थियो । 

 

  त्यसका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री हुने गरी कांग्रेसको विशेष पहलमा राप्रपा, लोसपा, जसपासहितका दलहरुको समूहले प्रचण्ड नेतृत्वको सरकार फाल्ने रणनीति बनाएका थिए ।


  गैर वामको सरकार बन्दा रास्वपा सिंगै सरकारमा नआएमा उसलाई पनि जसपालाई झै विभाजन गराईदिने चर्चा पनि भइरहेको छ । बालुवाटार निकट स्रोत भन्छ, माधव कुमार नेपालले धेरै निहुँ खोजेकाले केपी ओली र प्रचण्डको डिजाइन अनुसार नै वर्तमान सरकार जोगाउन हतार हतार जसपालाई विभाजन गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको हो ।


  त्यसैले, जसपाको विभाजनलाई कतिपयले कांग्रेस र माधव नेपालको चाहना अनुसार नै विभाजन भएको चर्चा पनि गर्न थालेका छन् । त्यसो हुँदा माधव नेपालको पक्षममा कम्तीमा १३८ सांसद चाहिनेमा शक्ति केन्द्रहरूले १४८ नै बनाईदिने पनि चर्चा भइरहेको छ । 

 

माधव नेपालको सिंगो दल सहित गैरवाम सरकार बनाउनका लागि एमाले र माओवादीको पक्षमा  १२७ सांसदमात्रै रहने गरी कांग्रेस, एसले रणनीति बनाउन सक्ने दावी स्रोतको रहेको छ  ।


  अशोक राई एमालेका पूर्व वरिष्ठ नेता हुन् । राजनीतिक वृत्तमा चलेको चर्चा अनुसार, प्रचण्ड र केपी ओलीको डिजाइनमा २०८१ वैशाख २३ गते जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिकाको भ्रमणमा रहेकै अवस्थामा हतार हतार विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर, ऐन अनुसार, दल विभाजनका लागि संसदीय दल र केन्द्रीय समितिमा ४०, ४० प्रतिशत संख्या पुग्नु पर्छ ।  जसपाको केन्द्रीय समितिमा अशोक राईको ४० प्रतिशत पुग्ने सम्भावना छैन । राजकिशोर यादवको भूमिका के हुने हो भन्ने पनि स्पष्ट छैन ।


त्यसैले, जसपाको विभाजन अहिले जोकर जस्तो बन्ने अवस्थामा पुगेको छ । उनीहरु अवसरको रुपमा प्रयोग हुन सक्ने अर्थमा पनि हेर्न थालिएको छ ।


 अब रवि लामिछानेको नेतृत्वको दल समेत विभाजन हुने चर्चा चलेको छ । रविको विपक्षमा १२ जना सांसद पुग्ने हिसाबकिताब पनि निकालेका छन् । उनीहरुको संख्या जोड्दा कांग्रेसको रणनीति अनुसारको सरकार बनाउन संख्या पुग्ने अवस्था हुन्छ । तर, रास्वपाभित्र कसको नेतृत्वमा लामिछानेविरुद्ध विद्रोह गर्ला भन्ने चाहिँ प्रश्न रहेको छ । 

 
  लामिछानेको छायाँमा बनेको पार्टी र उनको विरुद्धमा बोल्न सक्ने क्षमता त्यहाँभित्र देखिएको छैन । त्यसैले विद्रोहकै अवस्था आइहाल्ला भन्ने अवस्था भने देखिएको  छैन । तर, कांग्रेसको हिसाब अनुसार, माधव नेपाललाई प्रधानमन्त्री दिएर नयाँ समीकरण बनाउँदा कांग्रेसका ८९, उपेन्द्र यादव जसपाका ५, एसका १०, लोसपा ४, प्रभु साह २, राप्रपा १४ र विभाजन गराउन सकेमा रास्वपाका १२ र नागरिक उन्मुक्तिका ४ गरी संसदमा बहुमत पु¥याउने रणनीति रहेको एकथरीले र्चचा गरेका छन् ।

 

प्रतिकृया दिनुहोस