• शुक्रबार-बैशाख-२१-२०८१

कुन भिटामिनको कमीले मधुमेहको खतरा बढ्छ ? 

 

शरीरमा भिटामिनको कमीले पनि मधुमेहको समस्या देखिन सक्छ । मधुमेहले हृदय, मिर्गाैला र आँखामा प्रभावित गर्दछ । यस्तो अवस्थामा शरीरलाई स्वस्थ राख्न मधुमेह नियन्त्रणमा हुन जरुरी छ । 


–शरीरमा भिटामिन ईको कमीले मधुमेहको खतरा बढ्न जान्छ । भिटामिन ई ले शरीरमा इन्सुलिन बढाउने काम गर्दछ । इन्सुलिनले शरीरमा चिनीको मात्रा कम गर्दछ । 


–शरीरमा भिटामिन ई को कमी पूरा गर्नका लागि गहुँ, जौं, खजुर, चामल, क्रिम स्प्राउट र फल खान सकिन्छ । 


–शरीरमा भिटामिन सी को कमीले पनि मधुमेहको खतरा बढ्न जान्छ । भिटामिन सीको पूर्तिका लागि अमला, सुन्तला र किवी खान सकिन्छ । 


–शरीरमा इन्सुलिन बढाउनका लागि भिटामिन के सेवन गर्न सकिन्छ । यसले रगतमा ग्लुकोजको स्तर सामान्य बनाउँछ । यसका लागि पत्तेदार सागसब्जी खान आवश्यक छ । 


–शरीरमा भिटामिन डीको अभावमा पनि मधुमेहको खतरा बढ्न जान्छ । घामको अभावले पनि टाइप–२ मधुमेहको समस्या बढाउन सक्छ । (साँघु साप्ताहिक, २०८१ वैशाख ३)
 

प्रतिकृया दिनुहोस