• शुक्रबार-बैशाख-२१-२०८१

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना : १० जना घाइते, एकको अवस्था गम्भीर

 

पाल्पा, ८ वैशाख । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । 

 

जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । 

 

शुक्रबार राति लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो । भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ ।

 

सो जिपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ । 

 

 

प्रतिकृया दिनुहोस