• बिहीबार-बैशाख-२०-२०८१

हुण्डी कारोवारमा संलग्न पियुष खेतान नाै लाख नगद सहित पक्राउ

काठमाडाैं ।  २०८१ वैशाख ३ गते कामनपा वडा नं.२२ मा अवैध रुपमा  नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत नगद आर्थिक कारोबार गर्दै आई रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली खटिएकाे थियाे । घटनास्थलमा प्रहरी टाेली पुग्दा अवैध रुपमा नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत नगदै आर्थिक कारोबार गर्दै गरेको अवस्थामा फेला परेको  थियाे ।


  निज अवैध काराेवारीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं.२२ रञ्जना कम्लेक्सको तेस्रो तलामा पियुष खेतानले संचालन गरेको फेशन पेशन स्टोर नामक रेडिमेन्ट कपडा पसल रहेको पसलमा खानतलासी गरेकाे थियाे ।


 खानतलासी गर्दा पूर्वतर्फ फर्काएर राखिएको काठको टेवलको तेस्रो घर्रामा Power लेखिएको कालो झोलामा राखिएको अवस्थामा नगद सहितका सामान  फेला पारिएकाे थियाे ।


     निज पियुस खेतानको रोहबरमा खोली हेर्दा सो मोबाईलमा क्रिप्टो करेन्सी सम्बन्धी कारोबार समेत गरेको पाईएको हुँदा निजको मोबाईलमा फेला परेको क्रिप्टो करेन्सी सम्बन्धी विवरण पाना-२३ समेत प्रिन्ट गरी निजलाई तत्काल पक्राउ नगरे भागी फरार हुन सक्ने भएकोले तत्काल जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।


क) पक्राउ परेका ब्यक्तिकाे विवरण


१)  जिल्ला धनुषा धनुषाधाम गा.पा.वडा नं.५ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१३  ताहाचाल बस्ने वर्ष २३ को पियुष खेतान ।


ख) बरामद सामानहरुकाे विवरण :


१. नेपाली रकम १०००।– को दरले १०००×८३१ ‌= ८,३१,०००।–(आठ लाख एकतिस हजार),


२.सोही ब्यागमा नेपाली ५०० दरको ५००×१३८= ६९,०००।–(उन्नन सत्तरी हजार) जम्मा नगद रु ९,००,०००।–


३. Samsung कम्पनीको मोबाईल थान-१

 

प्रतिकृया दिनुहोस