• बिहीबार-बैशाख-२०-२०८१

२०२६ सम्म सलमान खानको ग्रह खराब : ज्योतिष


मुम्बई । अभिनेता सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर हालै फायरिङ भएपछि उनका फ्यानहरु सलमानको सुरक्षालाई लिएर चिन्तित छन् । 

 


यो घटनापछि मुम्बई प्रहरी सक्रिय भएर घटनासँग सम्बन्धित दुई आक्रमणकारीलाई पक्राउ गरिसकेको छ । ग्याङस्टार लरेन्स विश्नोईका भाइ अनमोलले घटनाको जिम्मेवारी लिइसकेका छन् ।

 

सलमानले आफूलाई सन्तुलित राखे पनि उनी परिवार र वृद्ध आमाबाबु प्रति चिन्तित छन् । उनका पिता सलिम खानले सलमानलाई बस्ने ठाउँ परिवर्तन गर्न सुझाव दिएको समाचार पनि सार्वजनिक भएका छन् ।

 

घटनापछि सलमानका फ्यानले उच्च सुरक्षाको माग गरिरहेका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्डेले घटनापछि सलमानसँग भेट गरेका छन् । यही बीचमा बलिउडका सेलिब्रेटी ज्योतिष पण्डित जगन्नाथ गुरुजीले सलमानको ग्रहको स्थितिको अध्ययन गर्दै उनको कमजोरी औल्याएका छन् ।


ज्योतिष गुरुजीका अनुसार करियरका हिसाबले सलमानको ग्रह बलियो छ । तर व्यक्तिगत जीवन भने चिन्ता र नकारात्मक कुराले भरिएको छ । गुरुजीले अझै पनि सलमानको लागि खतरा रहने भन्दै व्यक्तिगत सुरक्षा बढाउन सुझाव दिएका छन् । उनले परिवारका सदस्यका लागि पनि सुरक्षा बढाउन भनेका छन् ।


ज्योतिष गुरुजीले सलमान र उनको परिवारलाई सन् २०२६ सम्म सुरक्षित रहन सल्लाह दिएका छन् । उनको जन्मकुण्डलीका धेरै घरहरुमा जोखिम उच्च रहेको ज्योतिषको भनाइ छ । ग्रह र ताराहरुको खराब अवस्थाले पनि सलमान र उनको परिवारले थप सावधानी अपनाउनुपर्ने देखिएको ज्योतिषले उल्लेख गरेका छन् । सन् २०२७ को मध्यदेखि भने उनको जन्मकुण्डलीको प्रमुख नकारात्मक कुराहरु हराएर सकारात्मक अवस्था आउने दाबी ज्योतिषको छ ।

 

ज्योतिष गुरुजीका अनुसार सलमानको जन्मकुण्डलीमा सन् २०२४ मा मंगल, राहु र शनिको प्रभाव बढी भएको उनका लागि राम्रो अवस्था छैन । मंगलको राहुसँगको सम्बन्धले तनाव र चिन्ताको अवस्था देखिएको यो समयवाधिमा सलमानले आफूलाई असहज महसुस गर्नेछन् । यी दुई ग्रहको मिलनले मानिसको जीवनमा अशान्ति ल्याउने सर्वविदितै छ । ज्योतिष गुरुजीले सलमानलाई केही समयका लागि यात्रा नगर्न सल्लाह दिएका छन् ।
 

 

प्रतिकृया दिनुहोस