• मंगलबार-बैशाख-१८-२०८१

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी यूएई

 

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी यूएईसँग खेल्ने भएको छ ।

 

बुधबार समूह चरणका खेल सकिएसँगै यूएई समूह 'बी'मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समूह 'ए' मा अपराजित रहँदै समूह विजेता बनेको छ ।

 

त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समूह 'बी' मा समूह विजेता बनेको छ । ओमानले समूह चरणका चारै खेल जितेर अपराजित रहँदै समूह विजेता बनेको छ भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समूह 'बी' को उपविजेता बनेको छ ।

 

अब सेमिफाइनलका खेलहरु शुक्रबार हुने छन् ।
    

 

प्रतिकृया दिनुहोस