• मंगलबार-जेठ-८-२०८१

स्राेत नखुलेको नेपाली रुपैयाँसहित अफ्रोज पक्राउ

वीरगंज।  पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट २०८१ बैशाख १७ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको बताएकाे छ ।


बि.आर. ०५ एजेट ७५७४ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका भारतको पूर्वी चम्पारण रक्सौल घर बताउने ४० बर्षीय अफ्रोज अहमदले सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा लिईएका अहमदको साथमा फेला परेको रुपैयाँमा १ हजार दरको ३६ वटा र ५ सय दरको ६ सय वटा नेपाली नोट रहेको छ । नियन्त्रणमा लिईएका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले बताएकाे छ । माेटरसाइकलको भन्सार दाखिला मूल्य २ लाख रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस