• मंगलबार-बैशाख-१८-२०८१

मिर्गौला खराब हुनुका संकेत यी हुन् 

 

मिर्गौला शरीरको प्रमुख अंग हो, जसले शरीरमा रहेको खराब चिजलाई फिल्टर गरेर बाहिर निकाल्छ । तर केही खराब बानीका कारण मिर्गौलाको इन्फेक्सनको समस्या हुनसक्छ । मिर्गौलामा इन्फेक्सन भएको अवस्थामा विभिन्न संकेतहरु शरीरले पाउन सक्छ ।


– मिर्गौलाको इन्फेक्सन भएको अवस्थामा पिसाबमा गन्ध आउन थाल्छ । विषाणुहरु पिसाब नलीमा पसेपछि ठूलो संख्यामा वृद्ध भई पिसाबमा गन्ध आउन थाल्छ । 


– मिर्गौलाको इन्फेक्सन भएको अवस्थामा छिटोछिटो पिसाब लाग्न थाल्दछ । पिसाब थैली खुम्चिन गई पिसाब बढी लाग्ने हुनसक्छ । 


–मिर्गौला इन्फेक्सन भएको अवस्थामा मिर्गौलाको वरिपरि सुन्निने र ढाड दुखाई हुने समस्या हुनसक्छ । 


– मिर्गौलाको इन्फेक्सन भएको अवस्थामा पिसाब पोल्ने समस्या पनि देखिन थाल्छ । 


– मिर्गौलामा इन्फेक्सन भएको अवस्थामा पिसाबको रंग रातो हुनपनि सक्छ । पिसाबमार्फत रगत मिसिएर आउने कारणले त्यस्तो हुनसक्छ । साथसाथै निजी अंगहरुमा पनि दुखाई हुन थाल्दछ । 


त्यसैले यस्ता लक्षणहरु स्वास्थ्यमा देखिएमा तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्दछ । (साँघु साप्ताहिक, २०८० चैत २६)
 

प्रतिकृया दिनुहोस