• शनिबार-श्रावण-१२-२०८१

धारिलो हतियार दाउ प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने दीपक लिम्बू पक्राउ

 

तेह्रथुम, २० चैत । तेह्रथुममा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

 

आफ्नै श्रीमती ५४ वर्षीया सुबास कुमारी लिम्बूको हत्या गरेको अभियोगमा म्याङलुङ नगरपालिका-६ सुर्के बस्ने ४६ वर्षीय दीपक लिम्बूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

 

दीपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
 

 

प्रतिकृया दिनुहोस