• शनिबार-श्रावण-१२-२०८१

समाजवादी मोर्चाले आज बृहद अन्तर्क्रिया गर्ने

फाइल फोटो

 

काठमाडौं, २० चैत । समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ ।


राष्ट्रिय सभागृहमा कार्यक्रम मङ्गलवार दिउँसो १ बजे सुरु हुनेछ । समाजवादी मोर्चाले ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे’ शीर्षकमा वृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

 

समाजवादी मोर्चाको सचिवालयको बैठकको निर्णय अनुमोदन भएसँगै सो कार्यक्रम टुंगो लागेको नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माले जानकारी दिए ।


सो मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी रहेका छन् ।

प्रतिकृया दिनुहोस