• शनिबार-श्रावण-१२-२०८१

कुमार नगरकोटीको ग्राफिक नोबेल ‘व थर्टी–थ्री’को नाटकीय मञ्चन

 

काठमाडौं, १९ चैत । कुमार नगरकोटीको नयाँ ग्राफिक नोबेल ‘व थर्टी–थ्री’ यही चैत १७ अर्थात् शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक नाटकीय प्रस्तुतिमार्फत मञ्चन गरियो । उक्त अवसरमा शिल्पी थिएटर ग्रुपले उक्त ग्राफिक नोबेलको अंशमा आधारित साङ्गीतिक नाटक प्रस्तुत ग¥यो। नाटक हेर्न दुई सयभन्दा बढी दर्शक आएका थिए ।

 

नाटकमा नोबेलका विभिन्न पात्र रङ्गमञ्चमा जीवन्त बनी आएका थिए । डा. वाग्ले र जङ्गबहादुर राणाका अङ्गरक्षकलगायत नोबेलका पात्रहरूसँग दर्शकलाई परिचय गराइएको थियो । नाटकले दर्शकलाई वैकल्पिक संसारमा पु¥यायो, जहाँ जङ्गबहादुर राणा अझै पनि काठमाडौं सहरमुनिको काल्पनिक सहर वल्र्ड हेरिटेज प्लाजामा जीवित छन्।  हरेक वर्ष जङ्गबहादुर राणाका अङ्गरक्षक नयाँ ग्रेगोरियन क्यालेन्डर किन्न काठमाडौं आउने गर्छन् । सोही सन्दर्भमा डा. वाग्लेले नोबेलका केही कथा दर्शकलाई सुनाउँछन् ।
 

नाटकीय प्रस्तुतिले नयाँ नोबेलप्रतिको उत्सुकतालाई झनै बढाएको थियो । दर्शकहरूले उक्त प्रस्तुतिलाई निकै मन पराएका थिए । नाटक सकिएपछि लेखक कुमार नगरकोटीले धन्यवाद मन्तव्य राखे । नोबेल निर्माणमा लामो समय लागेको उनको भनाइ छ । ‘नेपाली साहित्यमा ग्राफिक नोबेलको पनि परिचय दिनुपर्छ भन्ने मलाई सधैं लाग्थ्यो । त्यसैले ‘व थर्टी–थ्री’ लेख्न थालें,’ उनले भने ।
 

नगरकोटीका अनुसार उपन्यासले वैकल्पिक इतिहास चित्रण गर्दछ । आफूले प्रायः लेख्ने सर्रियल फ्यान्टासी विधालाई यसमा निरन्तरता दिएको उनले जनाए । नोबेलको सुन्दर चित्रणका लागि शिल्पी थिएटर समूहलाई उनले धन्यवाद दिए । उनले आफ्नो लेखन यात्रामा सहयोग गर्ने विभिन्न व्यक्तिलाई पनि उनले सम्झिए ।  

‘मेरो लेखन यात्रा २५ वर्ष पुगेको छ । यस यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद,’ उनले भने । पुस्तक विमोचनलाई यस्तो रचनात्मक रूपमा मनाउन पाउँदा खुसी लागेको पनि उनको भनाइ छ। आफ्नो नयाँ प्रोजेक्टका रूपमा नेपाली चलचित्र लेखिरहेको पनि उनले जनाए । 
 

कुमार नगरकोटी कवि, निबन्धकार, उपन्यासकार, लघुकथा लेखक हुन्, जो आफ्नो भिन्न जीवनशैली र कथाका लागि परिचित छन् ।

प्रतिकृया दिनुहोस