किन बढ्दैछन् जघन्य अपराधका घटना ?
पछिल्लो समय मुलुकमा जघन्य अपराधको घटना ह्वात्तै बढेको पाइन्छ । दैनिक जसो महिलाहरू बलात्कृत, हत्या र हिंसा जस्ता समाचारले सञ्चार माध्यम रङ्गिएको देखिन्छ । निर्मला पन्त हत्या प्रकरण आजसम्म पनि सेलाएको छैन । यस्ता जघन्य अपराध घटना रोक्नको लागि नागरिक समाज, मानव अधिकारका क्षेत्रमा काम गर्नेलगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको भए पनि पछिल्लो समयमा समाजमा झन झन ठूला अपराधका घटनाहरु घटिरहेका छन् । अहिले यस्ता घटना सुरक्षाकर्मीको लागि पनि चुनौतीको विषय बनेको देखिन्छ ।
विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार जस्ता गम्भीर प्रकृतिका अपराध बढ्दै गएकाले झट्ट हेर्दा देशको शान्ति सुरक्षाको अवस्था खस्कँदै गएको र नागरिकमा असुरक्षाको भावना बढेको पाइन्छ ।
२०८० फागुन १७ गते काभ्रेमा भएको हत्या काण्डले सबैलाई भावविह्वल बनायो । उक्त घटना पत्याउनै नसकिने थियो । बनेपा १३, भैंसेपाटीमा डेरा गरी बस्ने सुनसरीका २९ वर्षीय अभिषेक अचार्जुले उनी बसेकै घरमा डेरामा बस्ने ८३ वर्षीया वृद्धालाई औठी लुट्नको लागि घुँडाले छातीमा थिची मुख थुनेर हत्या ग¥यो ।
हत्या गरी सुन लिएर फरार भएको उसलाई २०८० चैत १३ गते प्रहरीले पक्राउ गरेको थियो भने प्रहरीले चैत १५ गते सार्वजनिक गरेको थियो । २०८० चैत १२ गते राति बाँकेकी २१ वर्षीया सुशीला सुनारलाई उनकै श्रीमान अनिल बिकले धारिलो हतियार प्रहार गरी हत्या गरे ।
२०८० चैत १३ गते बझाङको धुलीमा खटिएका सहायक हवल्दार योगेन्द्र खड्कामाथि मदिराले मात्तिएका दुर्गाथेली गाउँपालिका २, का विनोद रावल र जयपृथ्वी नगरपालिका ७, का दिनेश महराले निर्घात कुटपिट गरे । जहाँ सुरक्षाकर्मी नै असुरक्षित बन्दै गएपछि आम नागरिकले असुरक्षा महसुस गर्ने नै भए ।
२०८० चैत ११ गते ललितपुरको ढोलाहिटीस्थित डी पोपिना खाजाघरमा दुई समूहबीच चक्कु हानाहान हुँदा दुई युवाको ज्यान गयो । जिल्ला प्रहरी परिसर ललितपुरले घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरेकोमा ५ जनालाई कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएको छ । दुई जना युवाको ज्यान जाने गरी लामो समय ग्या¨ फाइट हुँदा पनि ललितपुर प्रहरी बेखबर भएको स्पष्ट हुन्छ । जताततै भइरहेका यस्ता घटनाले देशमा जनसाधारणले शान्ति र सुरक्षाको अनुभूति गर्न पाइरहेका छैनन् ।
दिनदहाडै महिलाहरूमाथि बलात्कार तथा हत्या हुँदासमेत सुरक्षा निकायका अधिकारीहरू बेखबर वा मौन बसेका घटनाहरू सार्वजनिक हुन थालेका छन् ।
पछिल्लो पटक समाज भएका यस्ता जघन्य कुकृत्यका श्रृंखलाबद्ध घटनाबाट मानिसमा एक प्रकारको डर त्रास उत्पन्न गराएको छ । समाज लज्जित भएको छ, । यस्तो जघन्य अपराधका घटना घटे पनि अपराधीहरूलाई पक्राउ गर्न प्रहरी प्रशासन असफल हुँदा पीडितलाई मात्र होइन आम मानिसलाई नै स्तब्ध बनाएको छ ।
एकातर्फ अपराधीले राजनीतिक संरक्षण पाएको देखिन्छ भने अर्कोतर्फ न्याय पैसामा खरिद गर्न सफल भइरहेको आम धारणा बनेको पाइन्छ । यसले गर्दा पीडितले न्याय पाउन सकेका छैनन् ।
देशमा दिनदिनै बढ्दै गएको चोरी, महिला हिंसा र हत्याका घटनाले देशमा शान्तिको वातावरण खल्बलिएको महसुस हुन्छ । यस्ता आपराधिक घटनाहरु दिन दुई गुणाले बढिरहेको छ भने अर्कोतर्फ हिंसा, हत्या र बलात्कारका घटनाहरू राष्ट्रिय रूपमा नै चर्चाको विषय बन्ने गरेको पाइन्छ । (साँघु साप्ताहिक, २०८० चैत १९)

प्रतिकृया दिनुहोस