• मंगलबार-असार-२४-२०८२

भोटेकोशी बाढी अपडेट : तीन जलविद्युत आयोजनामा क्षति हुँदा २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प

 

काठमाडौं । सोमबार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करीब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ ।

 

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्यूत प्राधिकरणका प्रवक्ता राजन ढकाले बताएका छन् ।

 

उनका अनुसार सबैभन्दा बढी क्षति रसुवाढी जलविद्युत आयोजनामा भएको छ । पूरानो त्रिशुली जलविद्युत आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको भन्ने छ,’ उनले भने । ‘थ्रि बि हब सबस्टेसन सबैभन्दा बढी जोखिममा रहेको छ ।’
 

 

 

प्रतिकृया दिनुहोस