• मंगलबार-असार-२४-२०८२

‘रसुवाको बाढी जलवायु परिवर्तनको कारण हो कि ख्याल गरियोस’ 


काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले रसुवाको लेन्दे नदीमा आएको बाढीले पु¥याएको क्षतिपछि उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । 


प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै मंगलबार शर्माले वर्षायामसँगै गम्भीर घटना हुन थालेको भन्दै सरकार सचेत हुनुपर्ने बताए । उनले बाढी जलवायु परिवर्तनको कारण हो कि के हो यसतर्फ पनि ख्याल गर्ने समेत बताए । 


‘रसुवाको लेन्दे नदीमा १८ बढी बेपत्ता, नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ । एक सय बढी कन्टेनर गाडी बगाएको दुःखद् खबर आएको छ । जल्दै गरेको चितासहितको लास बगाएको मार्मिक घटना सार्वजनिक भएको छ,’ शर्माले भने । 


उनले भने,‘नेपालले प्राकृतिक विपत्ति व्यहोर्दै आएको छ । असोज १२ मा पनि विपत्ति बेहो¥यौं । घटनापूर्व विपत्को सामना गर्ने तयारी सरकारले गरोस् । बाढी जलवायु परिवर्तनको कारण हो कि के हो, के यसतर्फ पनि ख्याल गर्नुपर्छ,’ उनले भने । 
 

प्रतिकृया दिनुहोस