• मंगलबार-असार-२४-२०८२

पशुपतिमा साउन १ गतेदेखि विराट ज्ञान महायज्ञ हुँदै, तयारी धमाधम

 

काठमाडौं । पशुपति क्षेत्रमा आगामी साउन १ गतेदेखि भाद्र २१ गतेसम्म ५२ दिन लामो विराट ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।


मानव सेवा फाउन्डेसन नेपालको आयोजनामा हुने यो महायज्ञको नाम श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ दिइएको छ । फाउन्डेसनले विगत २० वर्षदेखि देशका विभिन्न भागमा कोटिहोमसहित सयौँ यज्ञ, अनुष्ठान र धार्मिक गतिविधिहरू गर्दै आएको छ ।


फाउन्डेसनद्वारा सञ्चालित मामाघर आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको निर्माणाधीन भवन तथा फाउन्डेसनको अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको हो ।


 महायज्ञ स्थलमा तयारी स्वरूप आवश्यक संरचना निर्माणलाई तीव्रता दिइएको छ । महायज्ञमा विविध धार्मिक अनुष्ठानहरू सहित कथा प्रवचनको कार्यक्रम पनि समावेश गरिएको छ । देश तथा विदेशमा ख्यातिप्राप्त धर्मगुरु तथा कथा प्रवक्ताहरूको सहभागिता रहनेछ ।

 

महायज्ञमा लाखौँ श्रद्धालु भक्तजनको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।


 

प्रतिकृया दिनुहोस