• आइतबार-बैशाख-१६-२०८१

खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु


दैलेख, १५ चैत । भैरबी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ । 


मृत्यहुनेमा भैरबी गाउँपालिका–३ सालपानीका १९ वर्षीय ज्ञानबहादुर विकको रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिनुभयो । 


भैरबी –३ का वडा सदस्य कल्पना विकले भैरबी –३ स्थित छामघाट खोलाको हतर्के घाटमा नुहाउने क्रममा  पानीमा डुबेर ज्ञानबहादुरकोमृत्यु को बताउनुभयो । 

–––

प्रतिकृया दिनुहोस