• शनिबार-बैशाख-२९-२०८१

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु, ९ खर्बका आयोजनाहरू प्रस्तुत

काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्राउन सरकारले गरेको तेश्रो लगानी सम्मेलन आजदेखि सुरू भएको छ । काठमाडौंको सोल्टी होटलमा भइरहेको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।


सम्मेलनमा स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उपयुक्त देश भएको भन्दै सम्मेनलमार्फत् लगानीको सम्भावना र अवसरबारे बुझेर लगानी गर्न लगानीकर्ताहरुलाई सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।


सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहेको छ । सोमबारसम्म हुने सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका समेत गरी १ सय ५१ परियोजना सरकारले प्रस्तुत गर्दै छ । लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब बराबरका आयोजनाहरू प्रस्तुत हुनेछन् ।


सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षा लगायत विविध क्षेत्रका परियोजना प्रस्तुत गर्ने तयारी छ ।


सम्मेलनमा आइतबार पहिलो दिन उद्घाटनपछि दुई वटा मुख्य सत्र हुनेछन् भने सोमबार ११ वटा समानान्तर सत्र सञ्चालन गर्ने तयारी छ । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरूसँग साक्षात्कार गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस